Nepal Life

त्रिशूली बिच रिसोर्टमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

NMB Bank
  • BFIS News
  • 2024 Sep 09 20:35
त्रिशूली बिच रिसोर्टमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट
United Ajod

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन धादिङको गल्छीमा रहेको त्रिशूली बिच रिसोर्टमा विभिन्न सेवासुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

Shikhar
Nepal Life
NIMB

यस सम्झौतापछि मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले यस रिसोर्टमा बसाइ तथा खानामा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले बैंकको मान्य डेबिट कार्ड/भिलेज कार्ड पेस गर्नुपर्ने छ । वा बैंकको मोबाइल/इन्टरनेट बैंकिङबाट भुक्तानी गर्नु पर्नेछ ।

यससँगै, बैंकले ‘नेपालमै टिक्न सजिलो छ’ नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैकिङ, क्यूआर कोड अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैकिङ जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया