Nepal Life

नबिल इन्भेष्टमेन्टद्वारा लाभांश घोषणा, साधारण सभा कहिले?

NMB Bank
  • BFIS News
  • 2024 Sep 17 09:26
नबिल इन्भेष्टमेन्टद्वारा लाभांश घोषणा, साधारण सभा कहिले?
United Ajod

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो।

गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट करसहित ५ करोड ११ लाख ५७ लाख ८९४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।

Shikhar
Nepal Life
NIMB

लाभांश पारित गर्न कम्पनीले असोज २३ गते बिहान ११ बजे काठमाडौंमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । यस्तै नियमावलीको नियम ३१ को उपनियम २ मा संशोधन गर्ने विशेष प्रस्तावसमेत पारित गर्नेछ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १८ गते बुक क्लोज गर्नेछ।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया