आशा लघुवित्तको लाभांश घोषणा, शेयरधनीले १४.७४ प्रतिशत बोनस शेयर पाउने
- BFIS News
- 2024 Sep 22 11:43
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस संस्थाको आज आइतबार बसेको सञ्चालक समिति बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस लघुवित्तको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई लाभांश वितरण हुनेछ । हाल संस्थाको चुक्ता पूँजी ६४ करोड १६ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ९ करोड १४ लाख रुपैयाँ बोनस शेयर वितरण पश्चात संस्थाको चुक्ता पूँजी ७३ करोड ३० लाख पुग्नेछ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











.jpg)
.jpg)


प्रतिक्रिया