Nepal Life

नवप्रवर्तन र हरित वित्तमा जोड दिदैं ३६ औं एसिक सम्मेलन सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 Sep 23 18:15
नवप्रवर्तन र हरित वित्तमा जोड दिदैं ३६ औं एसिक सम्मेलन सम्पन्न
United Ajod

काठमाडौँ । एसियाली क्रेडिट सपोर्ट एन्ड इन्नोभेसन कन्फेरेन्स(एसिक)को ३६ औं सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।  नवप्रवर्तन, हरित वित्तमनर्फत  साना तथा मझौला उद्यमको प्रवद्र्धन गर्दै दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता सहित सम्मेलन सोमबार समापन गरिएको हो ।

Shikhar
Nepal Life
NIMB

सम्मेलनको दशौं तथा अन्तिम सत्रका सहभागीहरूले ’इनोभेटिभ सोलुसन्सः फाइनान्सिङ फर नेचर’ विषयमा छलफलमा गरेका थिए । छलफलमा कृषि विकास बैंकका नायव महाप्रबन्धक बाबुकाजी थापाले हरित वित्त र पर्यावरण संरक्षण आर्थिक लाभको नयाँ एकीकृत वित्तीय ढाँचा भएको बताए । नेपालका बैंक तथा वित्तीय संस्थाले कृषि र वनमा आधारित उद्यममा केन्द्रित रही हरित वित्तलाई बढावा दिने उपायमा काम गर्नुपर्ने उनको भनाई थियो । 

‘नेपालको कृषि क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । फलस्वरूप, बैंकहरू वनमा आधारित र कृषिसँग सम्बन्धित उद्यमहरूमा लगानी गर्न हिचकिचाउँछन् ’ उनले भने ।  न्यूनतम लगानी र अनुकूल नीतिको अभावका कारण लक्ष्य प्राप्तिमा बाधा पुगेको उनको भनाई छ ।

अक्सिजनका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले नेपालमा साना तथा मझौला उद्योगको वृद्धिले नेपाली जनताको जीविकोपार्जनमा परिवर्तन ल्याएको र राष्ट्रिय अर्थतन्त्रको बलियो खम्बा बनेको उल्लेख गरे । उनले ब्लेन्डेड फाइनान्स टुल्स लागू गरेर लगानीमा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

अन्य क्षेत्रमा लगानी गर्नुभन्दा यस्ता क्षेत्रमा फाइनान्सिङमा जोखिम मोल्न लगानीकर्ता बढी तयार हुने भएकाले ब्लेन्डेड फाइनान्स आवश्यक रहेको पान्डेको तर्क थियो । उनले नेपालमा भायबिलिटी ग्याप फन्डिङ (भिजिएफ) को प्रावधानलाई उचित रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

विश्व बैंकका निजी क्षेत्रका प्रमुख विशेषज्ञ नताशा कपिलले साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् । उर्जा किफायती प्रविधि अपनाउनुपर्नेमा उनको जोड थियो । ‘साना तथा मझौला उद्योगहरूले राष्ट्रिय इकोसिस्टममा महत्वपूर्ण भूमिका खेलिरहेका छन्,’ उनले भनिन्, ’आधुनिक प्रविधिको प्रयोगले उनीहरूको उत्पादकत्व बढाउन सक्छ ।’

शुक्रबारदेखि राजधानीमा सुरु भएको एसिक सम्मेलनमा १६ ओटा देशका कर्जा तथा निक्षेप सुरक्षण संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । आर्थिक विकासका लागि नवप्रवर्तन भन्ने नाराका साथ सुरु गरिएको सम्मेलनमा विभिन्न दशओटा विषयमा छलफल भएको थियो । नेपालले ३० बर्षपछि यो सम्मेलन आयोजना गरेको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया