Nepal Life

मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमीहरुको लागि वित्तीय साक्षारता कार्यक्रम

NMB Bank
  • BFIS News
  • 2024 Sep 25 12:46
मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमीहरुको लागि वित्तीय साक्षारता कार्यक्रम
United Ajod

काठमाडौं । मुक्तिनाथ विकास बैंकद्वारा नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारण सभाको अवसरमा उक्त महासंघमा आवद्ध महिला उद्यमीहरुको लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको छ ।

Shikhar
Nepal Life
NIMB

उक्त कार्यक्रममा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र मार्केटिङ्ग विभागका प्रमुख विनयरत्न शाक्यले सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा महिला उद्यमीहरुले बैंकिङ्ग कारोबार र सेवा सुविधा सम्बन्धी राखेका विभिन्न जिज्ञासाहरुलाई बैंकको तर्फबाट स्पष्ट समेत पारिएको थियो ।

महासंघका अध्यक्ष शोभा ज्ञवालीले उक्त कार्यक्रमबाट महिला उद्यमीहरुलाई बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन मिल्नुको साथै, बैंकको सेवा सुविधा बारे जानकारी भएको र सहभागीहरुको जिज्ञासाहरुलाई स्पष्ट भएकोले आगामी दिनमा बैंकबाट कर्जा उपयोग गर्न सहज हुने बताएका थिए । उक्त कार्यक्रममा महासघको तर्फबाट १५० जना महिला उद्यमीहरु सहभागी भएका थिए । 

बैंकले “नेपालमै टिक्न, सजिलो छ” भन्ने मान्यता राख्दै साना तथा मझौला व्यापार–व्यवसायहरुलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जाहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया