Nepal Life

सानिमा बैंकका ग्राहकले सिजी डिजिटलमा सामान खरिद गर्दा २५ प्रतिशतसम्म छुट पाउने

NMB Bank
  • BFIS News
  • 2024 Sep 25 14:29
सानिमा बैंकका ग्राहकले सिजी डिजिटलमा सामान खरिद गर्दा २५ प्रतिशतसम्म छुट पाउने
United Ajod

काठमाडौँ। सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी डिजिटल प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ ।

Shikhar
Nepal Life
NIMB

यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत सिजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

साथै,सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दी (इएमआई) मा परिणत गर्दा १ हजारबराबरको क्यासब्याकको व्यवस्था पनि छ । क्यास ब्याक न्यूनतम ३० हजारको कारोबारमा प्रदान गरिनेछ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया