कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- BFIS News
- 2024 Sep 30 08:52
काठमाडौं। कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज १५ गते बुकक्लोज गर्दैछ।
तसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले असोज ३० गते लिसारा रिसेप्शन भगवती बहाल, नक्सालमा १८ औं वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान साढे १० बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सभाले प्रतिकित्ता १०० रुपैयाँका दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गरी प्राथमिक पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायका प्रस्तावहरु पनि पारित गर्नेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











.jpg)
.jpg)


प्रतिक्रिया