Nepal Life

हिमालयन डिष्टिलरीको २०% लाभांश घोषणा, पुस १९ गते बुक क्लोज

NMB Bank
  • BFIS News
  • 2024 Dec 09 12:03
हिमालयन डिष्टिलरीको २०% लाभांश घोषणा, पुस १९ गते बुक क्लोज
United Ajod

काठमाडौ । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।

मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया