Nepal Life

सालिकोद्वारा धनगढीमा इन-हाउस तालिम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Feb 07 14:42
सालिकोद्वारा धनगढीमा इन-हाउस तालिम सम्पन्न
United Ajod

काठमाडौं, माघ २५ । सालिकोले धनगढीमा इन्जिनियरिङ नीति सम्बन्धी इन-हाउस तालिम सम्पन्न गरेको छ। उक्त तालिम सालिकोका अन्डरराइटिङ प्रमुख दिवश तिमल्सिनाद्वारा प्रदान गरिएको थियो।

Shikhar
Nepal Life
NIMB

उक्त तालिमको उद्देश्य इन्जिनियरिङ इन्स्योरेन्सका लागि आवश्यक अन्डरराइटिङ र जोखिम मूल्याङ्कन सम्बन्धी दक्षता अभिवृद्धि गर्नु रहेको थियो। यसले टोलीको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले देशभरि एक सय भन्दा धेरै शाखा तथा उपशाखा मार्फत बीमा सेवा उपलब्ध गराउदै आइरहेको छ । कम्पनीका शाखाहरू नेपालका प्रमुख सहरहरू साथै दूरदराजका क्षेत्रमा समेत फैलिएका छन्, जसले ग्राहकहरूलाई छिटो, सहज र भरपर्दो सेवा उपलब्ध गराउदै आएको छ ।

यसले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर राखी सेवा विस्तार गर्दै आएको छ, ताकि बीमा पहुँच सबै क्षेत्रका मानिससम्म पुग्न सकोस् । कम्पनीले मोटर बीमा, स्वास्थ्य बीमा, आगलागी र सम्पत्ति बीमा, यात्रा बीमा, इन्जिनियरिङ बीमा, समुद्री बीमा, दायित्व बीमा लगायतका विभिन्न बीमा उत्पादनहरू प्रदान गर्दै आएको छ। यी प्रोडक्टहरू व्यवसायिक, औद्योगिक, तथा व्यक्तिगत आवश्यकताका लागि उपयुक्त छन्, जसले ग्राहकहरूको जीवन, सम्पत्ति, व्यवसाय, र अन्य जोखिमहरूबाट सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ। कम्पनीले आधुनिक प्रविधि र दक्ष जनशक्तिको माध्यमबाट छिटो दाबी निवारण प्रक्रिया र उत्कृष्ट ग्राहक सेवा सुनिश्चित गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया