Nepal Life

विद्युत् प्राधिकरणले प्रतिकित्ता ३०० का दरले आईपीओ निष्कासन गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Feb 20 22:17
विद्युत् प्राधिकरणले प्रतिकित्ता ३०० का दरले आईपीओ निष्कासन गर्ने
United Ajod

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ। प्राधिकरणले प्रतिकित्ता करीब ३०० रुपैयाँका दरमा शेयर बिक्री गर्न लागेको हो। चुक्ता पूँजी करीब तीन खर्ब रुपैयाँ कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी प्राथमिक शेयर सर्वसाधारणलाई निष्कासन प्रस्ताव गरिएको छ।

Shikhar
Nepal Life
NIMB

प्राधिकरणको प्रतिकित्ता शेयरको मूल्य प्रिमियम सहित करीब ३०० रुपैयाँ हुनेछ। यद्यपि यसका लागि नियामक नेपाल धितोपत्र बोर्डले अनुमति दिनुपर्नेछ। प्राधिकरणको वार्षिक आम्दानी एक खर्ब १६ अर्ब र सम्पत्ति सात खर्ब रुपैयाँभन्दा बढी छ।

प्राधिकरणले क्रेडिट रेटिङमा यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ। इक्रा नेपालले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो। योसँगै प्राधिकरणले लगातार तेस्रो पटक ‘डबल ए प्लस’ रेटिङ पाएको छ।

वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्त्व लगायतको विश्लेषण गरी रेटिङ गरिएको हो। ‘डबल ए प्लस’ रेटिङ प्राप्त गर्ने संस्थाको वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहेको बुझाउँछ। ‘डबल ए प्लस’ रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ।

क्रेडिट रेटिङ मार्फत कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्यांकन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ। यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रूपमा राय दिइन्छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणलाई शेयर निष्कासनका लागि महत्त्वपूर्ण मापदण्डका रूपमा रहेको संस्थाको रेटिङ सम्पन्न भएको, संस्थाको वास्तविक सम्पत्ति मूल्यांकन गरिसकिएका कारण सरकारबाट स्वीकृति पाउनासाथ शेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन सकिने बताए। शेयर निष्कासनबाट संकलन गरिएको रकम ठूला जलविद्युत् आयोजनाको निर्माणमा लगानी गर्ने योजना बनाएको पनि घिसिङले बताए।

प्राधिकरणले स्वदेशी तथा विदेशी लगाीकर्ताले निर्माण गर्ने जलविद्युत् आयोजनासँग झन्डै ११ हजार मेगावाटको दीर्घकालीन विद्युत् खरीद सम्झौता (पीपीए) गरेको छ। रेटिङको नतीजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखाएको छ।

आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ खूद नोक्सानीमा रहेकामा २०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ खूद नाफा कमाउँदै प्राधिकरणले नाफा कमाउन थालेको हो। गत आव २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया