Nepal Life

चौथो दिनसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा कति पर्‍यो आवेदन?

NMB Bank
  • BFIS News
  • 2025 Feb 26 21:46
चौथो दिनसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा कति पर्‍यो आवेदन?
United Ajod

काठमाडौं । आइतबारदेखि नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरिरहेको छ। कम्पनीको आइपिओमा चौथो दिनसम्म दुई अर्ब चार करोड एक लाख ९२ हजार रूपैयाँ बराबरको दुई करोड चार लाख एक हजार ९२० कित्ताको लागि आवेदन परेको छ।

Shikhar
Nepal Life
NIMB

सिडिएस एण्ड क्लियरिङका अनुसार सोमबार साँझ ५ बजेसम्म १५ लाख ७२ हजार ५८८ जनाले आवेदन दिएका छन्। यो आवेदन मागभन्दा ११.०५ गुणा बढी हो। 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषहरूलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। 

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ। 

यस्तै, कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले फागुन १५ गतेसम्म उक्त आइपिओमा आवेदन दिन सक्नेछन्। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया