Nepal Life

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Mar 07 18:52
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न
United Ajod

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडकोे आइपिओको बाँडफाँड शुक्रबार सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर रु.१००/– अंकित दरमा १८,४५,००० कित्ता साधारण शेयरका लागि मिति २०८१/११/११ गते देखि मिति २०८१/११/१५ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभिर सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत कुल १८,१७,१४८ जना आवेदकहरुबाट २,२४,४६,३५० कित्ता शेयरको लागि आवेदन प्राप्त भएको थियो । 

Shikhar
Nepal Life
NIMB

सो मध्ये १०,३८६ जना आवेदकबाट १,७१,९६० कित्ता शेयरका लागि रितपूर्वक आवेदन नरहेकाले उक्त आवेदनहरु रद्द गरि जम्मा १८,०६,७६२ जना आवेदकलाई गोलाप्रथा मार्फत आज बिहान ८ः३० बजे शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको कूल २२,५०,००० कित्ता साधारण शेयरको १०% अर्थात २,२५,००० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई, ३ प्रतिशत अर्थात ६७,५०० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १,१२,५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरे पश्चात् बाँकी रहेको १८,४५,००० कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि निष्काशन गरिएको थियो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया