Nepal Life

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, शेयर पर्नेले हजार लगानीबाट कम्तिमा पनि २४ हजार कमाउने

NMB Bank
  • BFIS News
  • 2025 Apr 03 16:12
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत,  शेयर पर्नेले हजार लगानीबाट कम्तिमा पनि २४ हजार कमाउने
United Ajod

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको छ। कम्पनीले सर्वासाधारण शेयरधनीहरुमा वितरण गरिएको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

Shikhar
Nepal Life
NIMB

धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनबाट कम्पनीको धितोपत्र दोस्रो बजारमा कारोबार शुरु हुनेछ। अर्थात कम्पनीको शेयर चैत २४ गते, आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८० पैसादेखि ३०२ रुपैयाँ ४० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आइतबार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एनएमआईसी संकेत प्रदान गरेको छ।

कम्पनीको आइपिओ पर्ने भाग्यमानीले कम्तिमा पनि २४ हजार कमाउने देखिएको छ । यस अगाडी आइपिओ निष्काशन गर्ने गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर मूल्य २४०५ रुपैयाँ रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको फण्डा सार्वजनिक गरेर २७७८ रुपैयाँ पुग्यो । तुलनात्मक रुपमा हेर्ने हो भने गार्डियन लघुजीवन कम्पनी हो भने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा कम्पनी हो । यसले गर्दा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर मूल्य लघुजीवन बीमा कम्पनीको भन्दा केहि माथि नै रहन सक्छ । तथापी समान मूल्य रहने हो भने पनि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका शेयरधनीले पनि राम्रो पैसा कमाउने निश्चित छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया