Nepal Life

एन.आइ.सी. एशिया लघुबित्तद्वारा बोड्गाउं शाखामा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Jun 16 12:59
एन.आइ.सी. एशिया लघुबित्तद्वारा बोड्गाउं शाखामा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं, असार २ गते। एन.आइ.सी. एशिया लघुबित्त वित्तीय संस्था लि. लुम्बिनी प्रदेश अन्तर्गतको बोड्गाउं उपप्रदेश कार्यालय अन्तर्गत बोड्गाउं शाखामा आबद्ध केन्द्र तथा समूहबाट सहभागी भएका ७८ जना सदस्य तथा अभिभावकहरूको उपस्थितिमा आज वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

 

Shikhar
Nepal Life
NIMB

कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, लुम्बिनी प्रदेश प्रमुख सुन्दर कुमार बोट, भलुवाङ उपप्रदेश कार्यालय अन्तर्गत अनुगमन अधिकृत डिल्लिराज पाठक, रामापुर उपप्रदेश कार्यालय अन्तर्गत अनुगमन अधिकृत बिबेश विश्वकर्मा तथा शाखा प्रमुख सन्तोष कुमार चौधरीसहित सम्पूर्ण शाखा कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सभ्य तथा भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रमको क्रममा सहभागीहरूलाई संस्थाबाट प्रदान गरिने सम्पूर्ण सेवा तथा सुविधाहरूको बारेमा विस्तृत जानकारी दिइएको थियो। साथै, ग्राहक तथा सदस्यहरूको गुनासोहरू सुनी आवश्यक समाधान गरिनुका साथै सेवामा अझ पारदर्शिता र प्रभावकारिता ल्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

यस किसिमका कार्यक्रमले सदस्यहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्नुका साथै ग्राहक सेवा प्रणालीलाई अझ सुदृढ र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया