Nepal Life

चालु पुँजी कर्जाको मार्गदर्शनमा संशोधन, ऋण तिर्ने समय सीमा दुई वर्ष थप

NMB Bank
  • BFIS News
  • 2025 Jun 23 21:47
चालु पुँजी कर्जाको मार्गदर्शनमा संशोधन, ऋण तिर्ने समय सीमा दुई वर्ष थप
United Ajod

काठमाडौं, असार ९। नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा महत्वपूर्ण संशोधन गरेको छ।

Shikhar
Nepal Life
NIMB

गभर्नर डा. विश्व पौडेलको नेतृत्वमा भएको निर्णयअनुसार, चालु पुँजी कर्जाको भुक्तानी समय सीमा दुई वर्ष थपिएको हो।

अघिल्लो व्यवस्थाअनुसार, सीमाभन्दा बढी लिइएको कर्जा २०८२ सालको असार मसान्तभित्र तिर्नुपर्ने बाध्यता थियो। तर, संशोधित निर्देशिका अनुसार अब सो कर्जा २०८४ असार मसान्तसम्म तिर्न सकिनेछ। बाँकी रकमलाई समान अवधि कायम गर्दै तोकिएको समयभित्र भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

भेरियन्स लागू हुने मिति पनि एक वर्ष पछि सर्छ

राष्ट्र बैंकले चालु पुँजी कर्जाको भेरियन्स सम्बन्धी व्यवस्था २०८२ साउन १ गतेदेखि लागू हुने भनेको थियो। तर, संशोधनपछि यो व्यवस्था एक वर्षपछि मात्र कार्यान्वयनमा ल्याइनेछ।

निर्देशित लगानीका क्षेत्रमा समेत समय थप

राष्ट्र बैंकले निर्देशित लगानीतर्फ पनि समय थप गरेको छ। अब कृषि क्षेत्रको कर्जा २०८३ असार मसान्तसम्म, साना तथा मझौला उद्योग (SME), ऊर्जा र पर्यटन क्षेत्रतर्फको कर्जा २०८५ असार मसान्तसम्म पुर्‍याउनु पर्नेछ।

यस संशोधनले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ। साथै, कर्जातर्फको अनावश्यक दबाव कम गर्दै रणनीतिक लगानीलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया