Nepal Life

आर्थिक मन्दीबाट प्रभावितलाई लक्षित गरि लचिलो मौद्रिक नीति ल्याउन बैंकर्सको सुझाव

NMB Bank
  • BFIS News
  • 2025 Jun 29 17:53
आर्थिक मन्दीबाट प्रभावितलाई लक्षित गरि लचिलो मौद्रिक नीति ल्याउन बैंकर्सको सुझाव
United Ajod

काठमाडौं, असार १५ गते। नेपाल बैंकर्स संघ (एनबीए) गण्डकी प्रदेश समितिको आयोजनामा “हालका समस्या र मौद्रिक नीति” विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रमको उद्देश्य बैंकिङ क्षेत्र र नेपाल राष्ट्र बैंक (एनआरबी) बीच समसामयिक आर्थिक चुनौतीहरू र मौद्रिक नीतिको भूमिकासम्बन्धी रचनात्मक संवादलाई प्रोत्साहन गर्नु रहेको थियो।

Shikhar
Nepal Life
NIMB

कार्यक्रमको सुरुवात गण्डकी प्रदेश समितिका उपसंयोजक रमेश्वर खतिवडाको मन्तव्यबाट गरिएको थियो। त्यसपश्चात नेपाल राष्ट्र बैंकका उपनिर्देशकहरू रामकुमार कार्की, प्रेमप्रसाद आचार्य र रागनी सिंहले गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए। उनीहरूले प्रमुख आर्थिक सूचकांकहरू, प्रदेशको वित्तीय स्वास्थ्य तथा मौजुदा राजस्व चुनौतीहरूका सन्दर्भमा मौद्रिक नीतिको अवस्थाबारे समग्र जानकारी प्रस्तुत गरे।

एनबीए गण्डकी प्रदेश संयोजक हरि ढकालले सदस्य बैंकहरूको साझा सुझाव प्रस्तुत गर्दै, साना तथा मझौला उद्यम (SMEs), ग्रामीण क्षेत्रका ऋणीहरू तथा आर्थिक मन्दीबाट प्रभावित व्यक्तिहरूलाई लक्षित गरी मौद्रिक नीतिलाई थप लचिलो र उत्तरदायी बनाउनुपर्ने आवश्यकतामा जोड दिए। कार्यक्रममा सहभागीहरूले कार्यशील पूँजीसम्बन्धी हालको निर्देशनले व्यवसायहरूमा व्यवहारिक कठिनाइ उत्पन्न गरेको र कर्जाको वर्गीकरण प्रणालीलाई केही सहज बनाउनुपर्ने आवश्यकता औंल्याए। यस बाहेक, कर्जा असुलीमा देखिएका कठिनाइ, बैंक एकीकरणपछि देखिएको शाखा सञ्जालको दोहोरोपन र मूल्याङ्कनको असमानतिका विषयहरूमा पनि छलफल गरिएको थियो।

कार्यक्रमको समापन गण्डकी प्रदेश समितिका उपसंयोजक बुद्धिराज बरालको समापन मन्तव्य र धन्यवाद ज्ञापनसँगै गरिएको थियो। उनले नेपाल राष्ट्र बैंक र सदस्य बैंकका प्रतिनिधिहरूको सक्रिय सहभागिताका लागि आभार व्यक्त गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया