Nepal Life

शाइन रेशुङ्गा बैंकले १ अर्बको ऋणपत्र निष्काशन गर्ने, १० वर्षसम्म ८ प्रतिशतका दरले व्याज पाइने

NMB Bank
  • BFIS News
  • 2025 Jul 08 11:33
शाइन रेशुङ्गा बैंकले १ अर्बको ऋणपत्र निष्काशन गर्ने, १० वर्षसम्म ८ प्रतिशतका दरले व्याज पाइने
United Ajod

काठमाडौं, असार २३ गते। एक बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ। सो ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा निष्काशन गरिनेछ।

 

Shikhar
Nepal Life
NIMB

सर्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्काशन साउन ४ गतेदेखि खुल्नेछ र छिटोमा सोही दिन बन्द हुनेछ भने ढिलोमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त ‘आस्बा’ सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखाहरू वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

उक्त ऋणपत्रको क्रेडिट रेटिङ्ग इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस (ICRA NP IR BB+)’ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी लगानीकर्तालाई भुक्तानी गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया