Nepal Life

देशको आर्थिक अवस्था सन्तुलित: मुद्रास्फीति नियन्त्रणमा, वैदेशिक कारोबार विस्तार

NMB Bank
  • BFIS News
  • 2025 Jul 08 12:13
देशको आर्थिक अवस्था सन्तुलित: मुद्रास्फीति नियन्त्रणमा, वैदेशिक कारोबार विस्तार
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्मको आर्थिक तथा वित्तीय सूचकले देशको समष्टिगत अर्थतन्त्र सन्तुलित अवस्थामा रहेको देखाएको छ। उपभोक्ता मूल्य सूचकांकमा आधारित वार्षिक विन्दुगत मुद्रास्फीति २.७२ प्रतिशतमा सीमित रहँदा शोधनान्तर स्थिति रु. ४९१ अर्ब ४४ करोडले सकारात्मक रहेको छ।

Shikhar
Nepal Life
NIMB

गत वर्षको सोही अवधिमा मुद्रास्फीति ४.१७ प्रतिशत थियो। यो वर्ष खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत मात्र रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.८५ प्रतिशत र ३.०७ प्रतिशत थियो।

विदेश व्यापारको पक्षमा पनि उल्लेख्य सुधार देखिएको छ। आयात १३.१ प्रतिशतले वृद्धि हुँदा निर्यातमा झनै उल्लेखनीय ७७.८ प्रतिशतको वृद्धि भएको छ। विप्रेषण आप्रवाह पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाली रुपैयाँमा १५.५ प्रतिशतले र अमेरिकी डलरमा १२.७ प्रतिशतले विप्रेषण बढेको हो। २०८२ जेठ महिनामा मात्र रु. १७६ अर्ब ३२ करोड बराबरको विप्रेषण नेपाल भित्रिएको छ।

कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ६५ करोड पुगेको छ, जसले आगामी आयातलाई सहज बनाउने विश्वास दिलाएको छ। सरकारले खर्च तर्फ रु. १२८२ अर्ब ९४ करोड खर्च गरेको छ भने सोही अवधिमा रु. १०१६ अर्ब ९ करोड राजस्व संकलन गरिएको छ।

विस्तृत मुद्राप्रदाय ८.२ प्रतिशतले वृद्धि भएको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो वृद्धि दर १२.० प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन ८.० प्रतिशतले बढाएका छन् भने निजी क्षेत्रलाई प्रवाहित कर्जा पनि ८.० प्रतिशतले वृद्धि भएको छ। वार्षिक विन्दुगत हिसाबमा निक्षेपको वृद्धिदर १२.० प्रतिशत र कर्जाको वृद्धिदर ८.७ प्रतिशत पुगेको छ।

समग्रमा, चालु आर्थिक वर्षको एघार महिनाको तथ्याङ्कले नेपालले मुद्रास्फीति नियन्त्रण गर्न सफल भएको, वैदेशिक कारोबारमा सुधार आएको र वित्तीय सूचकहरू स्थिर अवस्थामा रहेको देखाएको छ। यो सन्तुलन आगामी मौद्रिक तथा आर्थिक नीतिका लागि सकारात्मक आधार बन्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया