Nepal Life

ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई बिक्री बन्द हुने

NMB Bank
  • BFIS News
  • 2025 Jul 10 19:37
ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई बिक्री बन्द हुने
United Ajod

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ अन्तर्गत सर्वसाधारणका लागि निष्काशन गरिएको इकाईको बिक्री प्रक्रिया मिति २०८२ साल असार २७ गते, बैंकिङ समय पश्चात् बन्द गरिने भएको छ। योजना प्रवर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेड तथा योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन्।

प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको यो योजना अन्तर्गत जम्मा १२ करोड इकाई सार्वजनिक निष्काशन गरिएको थियो। सो मध्ये न्यूनतम ६ करोड इकाई वा कुल बिक्री संख्याको न्यूनतम १५ प्रतिशत इकाई बिक्री हुनुपर्ने शर्त राखिएको थियो। उक्त योजनाअन्तर्गत ग्लोबल आइएमई क्यापिटल लिमिटेडले १.५ प्रतिशत अर्थात १८ लाख इकाई तथा ग्लोबल आइएमई बैंक लिमिटेडले १३.५ प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई बीजपूँजीका रुपमा सुरक्षित राखेका छन्।

बाँकी रहेको १० करोड २० लाख इकाई २०८२ असार २२ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। सार्वजनिक निष्काशन खुल्ला भएको छोटो समयमै सर्वसाधारण लगानीकर्ताबाट माग भन्दा बढी आवेदन प्राप्त भएको हुँदा उक्त बिक्री प्रक्रिया असार २७ गते बैंकिङ समयसम्म मात्र खुला रहने जनाइएको छ।

विज्ञप्तिमा योजना व्यवस्थापक कम्पनीले निष्काशन अवधिभरमा मागभन्दा बढी २५ प्रतिशत इकाईका लागि समेत आवेदन प्राप्त भइसकेको र योजनाको कुल आकार १ अर्ब ५० करोड रुपैयाँ पुग्ने पूर्ण विश्वास व्यक्त गरिएको छ। यसरी योजना पूर्ण रूपमा Oversubscribed हुने निश्चित भएको कम्पनीको भनाइ छ।

Shikhar
Nepal Life
NIMB

निष्काशनमा सघाउने सबै नियामक निकाय, एएसबिए सदस्य बैंक तथा वित्तीय संस्थाहरू, सञ्चारमाध्यम, लगानीकर्ता तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्दै योजना व्यवस्थापकले भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा राखेको उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया