Nepal Life

ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई खरिदका लागि आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Jul 11 11:30
ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई खरिदका लागि आज अन्तिम दिन
United Ajod

काठमाडौं, असार २७ — ग्लोबल आइएमई क्यापिटल लिमिटेडद्वारा सञ्चालित सामूहिक लगानी कोष ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई खरिदका लागि आवेदन दिने आज (असार २७ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जानकारी दिएअनुसार, बैंकिङ समयसम्म मात्रै आवेदन खुला हुनेछ।

Shikhar
Nepal Life
NIMB

ग्लोबल आइएमई क्यापिटलले असार २२ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाई बिक्रीका लागि सार्वजनिक निष्काशनमा ल्याएको थियो। समग्र योजनाको आकार १ अर्ब २० करोड रुपैयाँ बराबरको रहेको छ। म्युचुअल फण्ड ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको हो।

निष्काशन गरिएको कुल इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई योजना व्यवस्थापक र बीज पूँजीका लागि छुट्याइएको छ। जसमध्ये १.५ प्रतिशत (१८ लाख इकाई) ग्लोबल आइएमई क्यापिटललाई र १३.५० प्रतिशत (१ करोड ६२ लाख इकाई) बीज पूँजीका रूपमा राखिएको हो। बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिने व्यवस्था गरिएको छ। न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ।

क्यापिटलका अनुसार मागभन्दा बढी आवेदन प्राप्त भइसकेको छ। बैंकिङ समयसम्म थप २५ प्रतिशत इकाईको लागि समेत आवेदन प्राप्त हुने विश्वास गरिएको छ, जसअनुसार योजनाको आकार १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ र यो योजना ओभरसब्स्क्राइब हुने अपेक्षा गरिएको छ।

लगानीकर्ताहरूले ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत, साथै धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूमार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि अनलाइन आवेदन गर्न सकिने व्यवस्था गरिएको छ।

उक्त योजनाको रेटिङ्गमा, इक्रा नेपालले कोष प्रवर्द्धकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ ए माइनस’ प्रदान गरेको छ भने, योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई इन्फोमेरिक्स क्रेडिट रेटिङले ‘आईआरएन एएमसी क्वालिटी ३ प्लस’ रेटिङ्ग प्रदान गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया