विन्ध्यबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी र नाफा दुवै बढे
- BFIS News
- 2025 Nov 10 11:22
काठमाडौं। विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुवैमा वृद्धि भएको छ।
कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा विद्युत बिक्रीबाट १६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १५ करोड ६ लाख रुपैयाँ आम्दानीको तुलनामा १०.४९ प्रतिशतले बढी हो।
आम्दानीसँगै कम्पनीको नाफा पनि उल्लेखनीय रूपमा बढेको छ। समीक्षा अवधिमा विन्ध्यबासिनीको खुद नाफा ३६.३७ प्रतिशतले वृद्धि भई ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। सोही अवधिमा कम्पनीको वित्तीय खर्च ५.९५ प्रतिशतले घटेर ३ करोड २२ लाख रुपैयाँमा झरेको छ।
प्रतिशेयर आम्दानी (EPS) पनि वृद्धि हुँदै ३० रुपैयाँ ८७ पैसामा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ रुपैयाँ ५१ पैसा बढी हो। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ८८ पैसा र मूल्य–आम्दानी अनुपात (P/E ratio) १७.६८ गुणा रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १९ करोड ७ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया