Nepal Life

इन्ट्राडे करेक्सन सँगै नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकममा गिरावट

NMB Bank
  • BFIS News
  • 2026 Mar 23 16:48
इन्ट्राडे करेक्सन सँगै नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकममा गिरावट
National Life

काठमाडौँ — साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभरि अधिकांश समय नकारात्मक रहेको बजार अन्तिम समयमा सुधारिँदै हरियो बनेको हो।

Shikhar
NIMB

अघिल्ला दुई कारोबार दिन उल्लेख्य वृद्धि भएको नेप्सेमा सोमबार इन्ट्रा डे करेक्सन देखिए पनि अन्त्यतिर उकालो लागेको हो। यस दिन नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको छ। यद्यपि, सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले वृद्धि भएको छ।

नेप्से बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ। आइतबार २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३४२ वटा स्टकको १ लाख ५६ हजार ३८१ पटकको कारोबारमा १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ७३ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन चार कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरका लगानीकर्ताले उच्च लाभ कमाएका छन्। त्यस्तै, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर मूल्य करिब १० प्रतिशतले बढ्दा फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मूल्य करिब ९ प्रतिशतले उकालो लागेको छ। घट्ने स्टकहरुको गिरावट भने ४ प्रतिशतभन्दा कममा सीमित रहेको छ।

कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ। सो बैंकको ६७ करोड २३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको साढे ६० करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम ५७ करोड रुपैयाँ नाघेको छ।

उपसमूहतर्फ हेर्दा १३ मध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहमा गिरावट आएको छ। उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १.५३ प्रतिशतले उकालो लागेको छ। जलविद्युत र म्युचुअल फण्ड उपसमूह पनि करिब १ प्रतिशतले बढेका छन्। यद्यपि, बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहमा सामान्य गिरावट देखिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया