NIMB Header 2
Nepal Life

स्पेशल प्रि–ओपन सेसनमा बुङ्गल हाइड्रोको पहिलो कारोबार रु ३०२.४० मा सम्पन्न

National Life
  • BFIS News
  • 2025 Nov 10 11:26
स्पेशल प्रि–ओपन सेसनमा बुङ्गल हाइड्रोको पहिलो कारोबार रु ३०२.४० मा सम्पन्न
Sanima Reliance

काठमाडौं। कात्तिक २४ गते, सोमबार, बुङ्गल हाइड्रो लिमिटेड (BUNGAL) को पहिलो कारोबार नेप्सेको स्पेशल प्रि–ओपन सेसनमा सम्पन्न भएको छ।

Shikhar
NIMB

उक्त सेसनमा कम्पनीको शेयर प्रतिकित्ता रु ३०२ रुपैयाँ ४० पैसामा पहिलो पटक कारोबार भएको हो।

बुङ्गल हाइड्रोको शेयर आइतबार (कात्तिक २३ गते) नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले कम्पनीका २९ लाख ५ हजार कित्ता सर्वसाधारण शेयर र ५३ लाख ९५ हजार कित्ता संस्थापक शेयर गरी कुल ८३ लाख कित्ता शेयर सूचीकृत गरेको हो।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई रु १०० रुपैयाँ ८८ पैसादेखि रु ३०२ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको थियो। सोही सीमा भित्र सोमबारको स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार सम्पन्न भएको हो।

अब बुङ्गल हाइड्रो लिमिटेडको शेयर नेप्सेमा “BUNGAL” टिकर अन्तर्गत नियमित दोस्रो बजारमा कारोबार हुने भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया