NIMB Header 2
Nepal Life

बैंकिङ प्रणालीको उच्च तरलताको फाइदा हाइड्रोपावर कम्पनीलाई, नाफामा देखिन थाले ऊर्जा कम्पनीहरू

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 12 08:13
बैंकिङ प्रणालीको उच्च तरलताको फाइदा हाइड्रोपावर कम्पनीलाई, नाफामा देखिन थाले ऊर्जा कम्पनीहरू
National Life

काठमाडौं । हाल बैंकिङ प्रणालीमा रहेको उच्च तरलताबाट हाइड्रोपावर कम्पनीहरूले ठूलो फाइदा उठाएका छन्। पछिल्ला त्रैमासिक वित्तीय विवरणहरूमा अधिकांश हाइड्रोपावर कम्पनीहरूले उल्लेखनीय नाफा देखाएका छन्।

NIMB

बैंकिङ प्रणालीमा तरलता बढेसँगै बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। ब्याजदर घट्दा बेस रेट पनि कम भएको छ, जसको प्रत्यक्ष असर ऋणको ब्याजदरमा परेको छ। अहिले वाणिज्य बैंकहरूको औसत बेस रेट ५.७२ प्रतिशत मात्र रहेको छ। सस्तो ऋणका कारण दीर्घकालीन कर्जा लिई आयोजना निर्माण गर्ने हाइड्रोपावर कम्पनीहरू नाफामा पुगेका हुन्।

हाइड्रोपावर कम्पनीहरूमा करिब ५० देखि ७५ प्रतिशतसम्म लगानी ऋणबाट र बाँकी इक्विटीमार्फत हुने गरेको छ। विगतमा दोहोरो अंकमा रहेको ब्याजदर अहिले एकल अंकमा झर्दा ब्याज तिर्ने रकम घटेको र त्यसैको असरस्वरूप नाफा बढेको हो।

हालसम्म १४ वटा हाइड्रोपावर कम्पनीहरूले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन्, जसमा १३ वटा कम्पनीको प्रति शेयर आम्दानी (EPS) सकारात्मक देखिएको छ। अर्थतन्त्र मन्दीमा रहँदा बैंक र बीमा कम्पनीहरूको नाफा घटिरहेको बेला हाइड्रोपावर क्षेत्र भने उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

राधी विद्युत कम्पनीले पहिलो त्रैमासमा २७ करोड ८५ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ। कम्पनीको प्रति शेयर आम्दानी ६० रुपैयाँ ५८ पैसा रहेको छ। त्यस्तै, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ११ करोड ६४ लाख ९८ हजार रुपैयाँ नाफा गर्दै ३४ रुपैयाँ ५२ पैसा प्रति शेयर आम्दानी देखाएको छ।

तेर्हथुम पावरको EPS २८.१२ रुपैयाँ, माथिल्लो मैलुङ खोला जलविद्युतको २४.२३ रुपैयाँ, नेपाल हाइड्रो डेभलपर्सको २२.३३ रुपैयाँ, पाँचथर पावरको २१.४२ रुपैयाँ, सुपर मादी हाइड्रोपावरको २०.३० रुपैयाँ, कालिका पावरको १९.४० रुपैयाँ, दिब्यश्वरी हाइड्रोपावरको १७.५१ रुपैयाँ, सान्जेन जलविद्युतको १६.७५ रुपैयाँ, बाराही हाइड्रोपावरको ९.४८ रुपैयाँ र विकास हाइड्रोपावरको ७.८१ रुपैयाँ रहेको छ।

लाभांश घोषणामा पनि हाइड्रोपावर अगाडि

विगतमा हाइड्रोपावर कम्पनीहरूको लाभांश नगन्य मात्र आउने गरेकोमा यस वर्ष उनीहरू आकर्षक लाभांश घोषणा गर्दै अगाडि रहेका छन्। हालसम्म ८ वटा हाइड्रोपावर कम्पनीहरूले न्यूनतम ५ देखि अधिकतम २२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।

साहज ऊर्जाले २१ प्रतिशत बोनस र १.११ प्रतिशत नगद गरी कुल २२.११ प्रतिशत लाभांश घोषणा गरेको छ, जुन हालसम्म हाइड्रोपावर कम्पनीहरूमध्ये सबैभन्दा उच्च हो।

त्यस्तै माउन्टेन इनर्जी नेपालले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। भगवनी हाइड्रोपावरले १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २० प्रतिशत, मिड सोलु र सिक्लेस हाइड्रोपावरले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरेका छन्।

यता, युनिभर्सल पावरले ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद लाभांश गरी कुल ९.४७ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरले ८.४२ प्रतिशत (८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद) तथा सिगटी हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेका छन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया