गरिमा विकास बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न, नगद तथा बोनस लाभांश पारित
- BFIS News
- 2025 Nov 14 21:58
पोखरा । गरिमा विकास बैंक लिमिटेडको १९ औँ वार्षिक साधारणसभा सोमबार पोखरामा सम्पन्न भएको छ। सभाले बैंकका सञ्चालक समितिले पेस गरेको वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा लाभांश प्रस्ताव लगायत सबै एजेन्डा पारित गरेको बैंकले जनाएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरण वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड तथा इक्वीटी परिवर्तन विवरण समेत अनुमोदन गरिएको छ।

लाभांश पारित
सभाले हाल कायम चुक्ता पूँजी रु. ५,६८,०५,१७,३२७.५७ को ४.५३% बराबर रु. २५,७३,२७,४३४.९४ नगद लाभांश (प्रस्तावित बोनस शेयर तथा कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
त्यसैगरी विशेष प्रस्तावअन्तर्गत बैंकले सोही चुक्ता पूँजीको ६% ले हुने रु. ३४,०८,३१,०३९.६५ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय पनि सभाले स्वीकृत गरेको छ।

विशेष प्रस्तावहरू पारित
साधारणसभाले निम्न विशेष प्रस्तावहरू पारित गरेको छ—
बैंकको अधिकृत पूँजी वृद्धि गरी रु. ६ अर्ब १० करोड कायम गर्ने।
बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण गर्ने।
बैंकको छाप तथा लोगो परिवर्तन गर्ने प्रस्ताव स्वीकृत।
सञ्चालकहरूलाई प्रदान गरिने बैठक भत्ता, टेलिफोन, पत्रपत्रिका तथा इन्टरनेट खर्च पुनःनिर्धारण गर्दै वृद्धि गर्ने निर्णय।

मर्जर तथा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान। यसअन्तर्गत उपयुक्त बैंक/वित्तीय संस्था खोजी गर्ने, MoU गर्ने, Due Diligence Audit गर्न मूल्यांकनकर्ता नियुक्त गर्ने, नियामक निकायसँग आवश्यक स्वीकृतिहरू लिने अधिकार प्रदान गरिएको छ।
सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने निर्णय पनि गरेको छ। गरिमा विकास बैंकले पूँजी बढाएर संस्थागत क्षमता मजबुत बनाउने, सेवा विस्तार तथा डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकतामा राख्ने जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया