एनएमबि क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताह २०२५ का अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
- BFIS News
- 2025 Dec 17 14:37
काठमाडौं। एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता पहलअन्तर्गत लगानीकर्ता चेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंसिर २९ गते एनएमबि बैंक लिमिटेड, बट्टार शाखाको सहकार्यमा नुवाकोट जिल्लाको विदुरमा अवस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्स्टिच्यूटका विद्यार्थीहरूका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो।
त्यसैगरी, सोही दिन काठमाडौँको टङ्गालमा अवस्थित टङ्गाल उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी पनि लगानीसम्बन्धी जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो। दुवै कार्यक्रमहरूमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नुवाकोटमा आयोजित कार्यक्रममा एनएमबि क्यापिटलका कस्टुमर रिलेशनशिप, कस्टोडियन तथा डिपीका प्रमुख मनिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का तथा पोर्टफोलियो सहायक बिकेश बाडेले संयुक्त रूपमा सहजीकरण गरेका थिए। त्यसैगरी, टङ्गालमा आयोजित कार्यक्रम स्कीम सहायकहरू लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्काले संयुक्त रूपमा सञ्चालन गरेका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई पूँजी बजारका आधारभूत अवधारणा, लगानीका विभिन्न माध्यम, जोखिम व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजना सम्बन्धी जानकारी प्रदान गरिएको थियो। साथै, कार्यक्रमको अन्त्यमा सहभागीहरूले सोधेका विभिन्न जिज्ञासाहरूको समेत विस्तृत रूपमा सम्बोधन गरिएको थियो।
एनएमबि क्यापिटलले यस्ता कार्यक्रमहरू मार्फत विद्यार्थी तथा युवा पुस्तामा लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्दै जिम्मेवार र सचेत लगानीकर्ताको विकासमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया