Nepal Life

समानान्तर समिति विरुद्ध नेपाल लाइफ बीमा अभिकर्ता संघको चेतावनी, प्रतिकार गर्न आह्वान

NMB Bank
  • BFIS News
  • 2026 Mar 23 16:42
समानान्तर समिति विरुद्ध नेपाल लाइफ बीमा अभिकर्ता संघको चेतावनी, प्रतिकार गर्न आह्वान
National Life

काठमाडौं। पेशागत बीमा अभिकर्ता संघ नेपाल (बीमक समिति, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी) ले कम्पनीभित्र समानान्तर समिति निर्माण गरी अभिकर्ताहरूलाई दिग्भ्रमित बनाउने प्रयास भएको भन्दै त्यस्ता गतिविधिको पछि नलाग्न सबै अभिकर्ताहरूलाई आह्वान गरेको छ।

Shikhar
NIMB

संघले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण अभिकर्ताहरूलाई सचेत गराउँदै यस्ता गतिविधिविरुद्ध खबरदारी तथा प्रतिकार गर्न समेत अनुरोध गरेको छ। संघका अनुसार केही अवाञ्छित व्यक्तिहरूले बजारमा कपोलकल्पित अफवाह फैलाउँदै संघको बदनाम गर्ने प्रयास गरिरहेका छन्।

विज्ञप्तिमा उल्लेख भएअनुसार लामो समयदेखि संघमा आवद्ध रही अभिकर्ताहरूको खुन–पसिनाबाट संकलित कोषको रकम विभिन्न बहानामा अपचलन गर्ने, संघको अधिवेशन नगरी संस्थालाई बन्धक बनाउने जस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई हालै सम्पन्न बृहत् विशेष अधिवेशनबाट हटाएर संघलाई सही दिशामा अघि बढाइएको छ।

तर, ती व्यक्तिहरूले पुनः संघलाई कमजोर बनाउने उद्देश्यले अर्को समानान्तर संघ दर्ता गर्ने प्रयास गरेको, कम्पनीलाई समेत त्यसको हवाला दिँदै भ्रम सिर्जना गर्ने काम गरिरहेको संघले आरोप लगाएको छ। साथै, नयाँ संगठनले आवश्यक संख्या समेत पूरा गर्न नसकी ‘केन्द्रीय सदस्य बनाइदिने’ प्रलोभन देखाउँदै भर्ति केन्द्र जस्तो गतिविधि सञ्चालन गरेको पनि संघको दाबी छ।

संघले त्यस्ता समूहमा हिजोका भ्रष्ट, पारदर्शिता कायम गर्न नसक्ने, कम्पनीका मतियार, नेपाल लाइफमा कार्यरत नरही अन्य कम्पनीमा संलग्न व्यक्तिहरू समेत रहेको उल्लेख गरेको छ। यस्ता व्यक्तिहरूले इमान्दार अभिकर्ताहरूलाई विभिन्न बहानामा शोषण गर्ने र बीमित तथा अभिकर्ताका जायज मागहरूलाई कमजोर बनाउने प्रयास गरिरहेको पनि संघको भनाइ छ।

विज्ञप्तिमा शाखा–शाखामा पद तथा अन्य लोभ–लालच देखाउँदै भ्रम फैलाउने गतिविधि बढिरहेको जानकारी आएको भन्दै यस्ता व्यक्तिहरूप्रति सचेत रहन सबै अभिकर्ताहरूलाई आग्रह गरिएको छ। साथै, त्यस्ता गतिविधि देखिएमा शाखास्तरबाटै खबरदारी, प्रतिकार र आवश्यक कारबाही गर्न समेत संघले आव्हान गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया