NIMB Header 2
Nepal Life

जेन–जी आन्दोलनको क्षतिमा ५ अर्ब १८ करोड बीमा भुक्तानी, कुल दाबी २३ अर्ब नाघ्यो

National Life
  • BFIS News
  • 2025 Dec 17 16:34
जेन–जी आन्दोलनको क्षतिमा ५ अर्ब १८ करोड बीमा भुक्तानी, कुल दाबी २३ अर्ब नाघ्यो
Sanima Reliance

काठमाडौं । हालै सम्पन्न जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरूमा परेका बीमा दाबीमध्ये हालसम्म करिब रू. ५ अर्ब १८ करोड बराबरको दाबी रकम भुक्तानी भएको छ। अग्रिम भुक्तानीसमेत गरी कुल ३ हजार ३०३ वटा बीमा दाबी परेका छन्, जसको कूल दाबी रकम करिब रू. २३ अर्ब ४५ करोड रहेको अद्यावधिक तथ्याङ्कले देखाएको छ।

Shikhar
NIMB

बीमा प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त विवरणअनुसार, हालसम्म भुक्तानी भएको कूल दाबी रकममध्ये सबैभन्दा बढी सम्पत्ति बीमातर्फ देखिएको छ। सम्पत्ति बीमाअन्तर्गत ७१० वटा बीमा दाबीबाट करिब रू. १९ अर्ब २ करोड दाबी रकम रहेकोमा करिब रू. ३ अर्ब ८२ करोड भुक्तानी भइसकेको छ।

यसैगरी, मोटर बीमातर्फ २ हजार ३११ वटा बीमा दाबी परेका छन्। यस शीर्षकमा करिब रू. ३ अर्ब ४७ करोड दाबी रकममध्ये हालसम्म करिब रू. १ अर्ब २२ करोड भुक्तानी गरिएको छ।

इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीबाट करिब रू. ५५ करोड ४७ लाख दाबी रकम रहेकोमा करिब रू. ७ करोड ५० लाख भुक्तानी भएको छ। परिवहन बीमातर्फ १२ वटा बीमा दाबीबाट करिब रू. १ करोड ६९ लाख दाबी रकम रहेकोमा करिब रू. १ करोड ५५ लाख भुक्तानी गरिएको छ। त्यसैगरी, अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिब रू. ३८ करोड ४० लाख दाबी रकममध्ये करिब रू. ५ करोड ५० लाख अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको छ।

पुनर्बीमा दाबीमा ३ अर्ब २ करोड भुक्तानी

जेन–जी आन्दोलनका क्रममा भएका क्षतिका बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानीसमेत गरी करिब रू. ३ अर्ब २ करोड पुनर्बीमा दाबी भुक्तानी गरेको छ।

नेपाल पुनर्बीमा कम्पनीमा १४ वटा निर्जीवन बीमा कम्पनीबाट कूल २ हजार ८६२ वटा पुनर्बीमा दाबी परेका छन्। यी दाबीहरूको कूल दाबी रकम करिब रू. १६ अर्ब ६२ करोड रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया