NIMB Header 2
Nepal Life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, ४ प्रतिशत बोनस शेयर सहित ८.४२१ प्रतिशत वितरण गर्ने

National Life
  • BFIS News
  • 2025 Dec 18 10:38
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, ४ प्रतिशत बोनस शेयर सहित ८.४२१ प्रतिशत वितरण गर्ने
Sanima Reliance

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
NIMB

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषणा गरिएको लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) रहनेछ।

कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो। उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १० करोड रहेको छ। प्रस्तावित ४ प्रतिशत बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ३० करोड पुग्नेछ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया