Nepal Life

नेपाल इन्स्योरेन्स कम्पनीको ६.३१५८ प्रतिशत नगद लाभांश प्रस्ताव

NMB Bank
  • BFIS News
  • 2025 Dec 18 11:14
नेपाल इन्स्योरेन्स कम्पनीको ६.३१५८ प्रतिशत नगद लाभांश प्रस्ताव
National Life

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि ६.३१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको पुस ०३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीबाट कर प्रयोजनसमेत समावेश हुने गरी उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Shikhar
NIMB

कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। सोही आधारमा कर प्रयोजनका लागि नगद लाभांशको कुल रकम करिब १६ करोड ९ लाख रुपैयाँ बराबर हुने जनाएको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपश्चात् मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।

हालसम्मको बजार कारोबार अनुसार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अन्तिम कारोबार मूल्य (LTP) प्रतिशेयर ५१९ रुपैयाँ ७० पैसा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया