अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, नेपालमा एक सातापछि असर देखिने
- आयुस बस्नेत
- 2026 Apr 09 16:54
काठमाडौँ, चैत २६ गते । एक महिनादेखि निरन्तर बढ्दै आएको कच्चा तेलको मूल्यमा गिरावट आएको छ। अमेरिका र इरानबीच युद्धविरामको सहमति बनेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साताका लागि युद्धविराममा सहमति जनाएपछि बुधबार तेलको मूल्य करिब १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९५ अमेरिकी डलरमा झरेको छ। यसअघि पश्चिम एसियाली क्षेत्रमा जारी द्वन्द्वका कारण मूल्य बढेर प्रतिब्यारेल १२० अमेरिकी डलरसम्म पुगेको थियो।
अमेरिका र इरानबीच वार्ताको वातावरण बन्ने संकेतसँगै तेल आपूर्तिमा हुने अवरोध हट्ने अपेक्षाले बजारमा मूल्य घटेको हो। साथै, विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने हर्मुज जलमार्ग पुनः सञ्चालन हुने सहमतिले पनि आपूर्ति सहज हुने विश्वास बढाएको छ।
युद्ध र हर्मुज जलमार्ग अवरुद्ध हुँदा दैनिक एक करोड २० लाखदेखि एक करोड ५० लाख ब्यारेल कच्चा तेल आपूर्तिमा असर परेको थियो।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपालमा पनि यसको प्रभाव देखिने भएको छ। सरकारले इन्धन आयातमा लाग्दै आएको भन्सार शुल्क र पूर्वाधार करमा ५० प्रतिशत छुट दिएपछि उपभोक्ताले एक सातापछि राहत पाउने अपेक्षा गरिएको छ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) ले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्य पठाउने र सोही आधारमा नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्दछ। निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले नेपालमा पनि त्यसको प्रभाव केही दिनपछि देखिनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpg)






प्रतिक्रिया