NIMB Header 2
Nepal Life

पशुपति भेन्चरले आइपिओ निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल  

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 18 12:19
पशुपति भेन्चरले आइपिओ निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल  
National Life

काठमाडौं। आज एक समारोह बीच सिटिजन्स क्यापिटल लिमिटेड र पशुपति भेन्चर लिमिटेड बीच धुम्बाराही, काठमाण्डौमा साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

Shikhar
NIMB

उक्त सम्झौतामा पशुपति भेन्चर लिमिटेडका तर्फबाट संचालक दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले पशुपति भेन्चर लिमिटेडको सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात बिक्री प्रबन्धकको कार्य गर्नेछ । 

पशुपति भेन्चर लिमिटेड एक इन्भेष्टमेन्ट कम्पनी हो र यसले विगत १५ वर्ष देखि विभिन्न हाइड्रोपावर कम्पनीहरुमा लगानी गर्दै आइरहेको छ । यस कम्पनीको लगानी रहेको  खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड तथा माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड लगायतका जलविद्युत कम्पनीहरुले आयोजनाहरु सम्पन्न गरी विद्युत उत्पादन गर्दै आइरहेको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया