NIMB Header 2
Nepal Life

रिलायन्स स्पीनिङ मिल्सको आइपिओ छानबिन समितिप्रति नेपाल शेयरधनी संघको आपत्ति

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 19 20:12
रिलायन्स स्पीनिङ मिल्सको आइपिओ छानबिन समितिप्रति नेपाल शेयरधनी संघको आपत्ति
National Life

काठमाडौं। नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले रिलायन्स स्पीनिङ मिल्स लिमिटेडको शेयर निष्कासन (आइपिओ) प्रक्रियासम्बन्धी विषयमा धितोपत्र बोर्ड आफैंले छानबिन समिति गठन गरेको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। उनले बोर्डकै सदस्यहरूको नेतृत्वमा छानबिन समिति बनाइनु “लाजको पसारो” भएको टिप्पणी गरेका छन्।

Shikhar
NIMB

पाण्डेले भने, “कुनै पनि कम्पनीको आइपिओ निष्कासन प्रक्रियामा धितोपत्र बोर्डकै निर्णय अन्तिम हुने हुँदा बोर्डमा रहेका सदस्यहरूकै नेतृत्वमा फेरि छानबिन समिति गठन गर्नु हास्यास्पद र लज्जास्पद विषय हो।” उनले यस्तो अभ्यासलाई स्वार्थको द्वन्द्वको स्पष्ट उदाहरण भन्दै प्रश्न उठाएका छन्—“आफैंले गरेको निर्णयको जाँचबुझ गर्दा कस्तो निष्कर्ष आउला? यो त आफैंले लेखेको उत्तरपुस्तिका आफैंले जाँच गरेजस्तै हो।”

उनका अनुसार, यदि बोर्ड सदस्यहरू केवल औपचारिक भूमिकामा सीमित छन् र सबै निर्णय अध्यक्षकै नेतृत्वमा हुन्छन् भने त्यसबारे स्पष्ट गर्नुपर्ने हो। “नत्र आफ्नै अध्यक्ष मातहतका सदस्यहरूले गर्ने छानबिनको परिणाम के होला भन्ने सजिलै अनुमान गर्न सकिन्छ,” उनले थपे। सुशासनको नारा दिने सरकारले यस्तो कदमबाट जनहास्यको विषय नबनाओस् भन्ने उनको भनाइ छ।

नेपाल धितोपत्र बोर्डले भने रिलायन्स स्पीनिङ मिल्सको शेयर बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन गर्दा भएका काम–कारबाहीबारे निष्पक्ष छानबिन गर्न समिति गठन गरिएको जनाएको छ। बोर्डको मिति २०८२/०९/०४ गतेको निर्णयअनुसार बोर्ड सदस्य विनोद कुमार भट्टराईको संयोजकत्वमा सदस्यहरू आनन्द राज शर्मा वाग्ले र पिताम्बर भण्डारी रहने गरी समिति गठन गरिएको हो। समितिलाई आवश्यक परे अन्य व्यक्तिलाई समेत आमन्त्रित गर्न सक्ने अधिकार दिइएको छ र १५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

पाण्डेले अर्थ मन्त्रालयको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। उनका अनुसार मन्त्रालयले भ्रष्टाचारको छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाई लेख्नुपर्ने विषयमा नेपाल धितोपत्र बोर्डमै पत्राचार गरेको छ। “भ्रष्टाचारको छानबिनमा आफैं धामी, आफैं बोक्सी हुने अवस्था देखियो,” उनले भने। मन्त्रालयमा यस्ता संवेदनशील विषयमा आवश्यक ‘कमन सेन्स’ भएका कर्मचारीको अभाव त छैन भन्ने प्रश्न पनि उनले उठाएका छन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया