आइतबार सुनको मूल्य तोलामा एक हजार घट्यो, चाँदी महँगियो
- BFIS News
- 2025 Dec 21 12:11
काठमाडौं, आइतबार — नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो।
गत शुक्रबार प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आइतबार घटेर प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य भने आइतबार बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १ सय रुपैयाँले बढेर आइतबार प्रतितोला ४ हजार १०५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको व्यवसायीहरू बताउँछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया