सिवाईसी नेपाल लघुवित्तको १२.७६ प्रतिशत बोनस शेयर घोषणा
- BFIS News
- 2025 Dec 21 12:27
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.४३ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांशमध्ये १२.७६ प्रतिशत बोनस शेयर र ०.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश शेयरधनीलाई वितरण गरिने लघुवित्तले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया