Nepal Life

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ प्रतिशत नगद लाभांश प्रस्ताव, शेयरधनीले २० करोड पाउने

NMB Bank
  • BFIS News
  • 2025 Dec 28 11:01
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ प्रतिशत नगद लाभांश प्रस्ताव, शेयरधनीले २० करोड पाउने
National Life

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।

Shikhar
NIMB

इन्स्योरेन्सको पुस ११ गते बसेको सञ्चालक समितिको ३६०औँ बैठकले सो निर्णय गरेको हो। कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेकाले ८ प्रतिशत नगद लाभांशका रूपमा कुल २० करोड रुपैयाँ वितरण गर्ने प्रस्ताव गरिएको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ।

कम्पनीले स्थिर वित्तीय अवस्था र सन्तुलित मुनाफा व्यवस्थापनका आधारमा शेयरधनीहरुको हितलाई ध्यानमा राख्दै लाभांश प्रस्ताव गरिएको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया