हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ प्रतिशत नगद लाभांश घोषणा
- BFIS News
- 2025 Dec 28 12:35
काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (HEI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। उक्त निर्णय पुस ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गरेको हो।
कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया