NIMB Header 2
Nepal Life

नेशनल लाईफले गर्‍यो बागमती प्रदेशका सिइओ क्लब सदस्यलाई सम्मान

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 04 20:55
नेशनल लाईफले गर्‍यो बागमती प्रदेशका सिइओ क्लब सदस्यलाई सम्मान
National Life

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशका सिइओ क्लब सदस्य अभिकर्ताहरुलाई सम्मान गरेको छ। कम्पनीले काठमाडौंस्थित वेभ हस्पिटालिटीमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको हो।

Shikhar
NIMB

आर्थिक वर्ष २०८१/८२ का लागि तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी बागमती प्रदेशबाट सिइओ क्लब सदस्य बन्न सफल ५०० भन्दा बढी अभिकर्ताहरुको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख तथा बागमती प्रदेश अन्तर्गतका शाखा कार्यालय प्रमुखहरुको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमको शुभारम्भ प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गर्दै गरेका थिए। सो अवसरमा बागमती प्रदेशबाट सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता प्रदान गर्दै सम्मान गरिएको थियो। साथै नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाईफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र तथा खादाले सम्मान गरिएको थियो। प्रदेशस्तरमा आफ्नो कोड र संजालअन्तर्गत प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले नेपालभरबाट १,६०० भन्दा बढी अभिकर्ताहरु सिइओ क्लबका लागि छनोट हुनुले यो योजना अत्यन्त सफल भएको बताए। यस्ता योजनाले अभिकर्ताहरुलाई सकारात्मक ऊर्जा दिने भएकाले मासिक तथा वार्षिक योजना निरन्तर रुपमा ल्याइने उनले जानकारी दिए। उनले बीमा अभिकर्ता पेशा केवल व्यवसाय मात्र नभई सेवाभावसँग जोडिएको पवित्र पेशा भएको उल्लेख गर्दै, यस क्षेत्रमा सफल हुन इमान्दारिता र निरन्तरता नै मुख्य आधार भएको बताए।

कार्यक्रममा सहभागी विजेता अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले मोटिभेसनल तालिम प्रदान गरेका थिए। बागमती प्रदेशबाट उत्कृष्ट अभिकर्तामध्ये कलंकी शाखाका नारायण सुवेदी र नारायणथान शाखाकी रविना के.सी.ले आफ्ना व्यावसायिक अनुभव साझा गरेका थिए।

समारोहमा सहभागी अभिकर्ताहरुले अन्तर्राष्ट्रिय स्तरको तालिमबाट थप ऊर्जा प्राप्त भएको र आफ्नो मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा अत्यन्त गर्व महसुस भएको प्रतिक्रिया दिएका थिए।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया