Nepal Life

सिद्धार्थ बैंकको ‘एस.बि.एल. डिबेन्चर २०८२’ पुसमै परिपक्व हुँदै, बैंकको लाभांश क्षमता बढ्ने

NMB Bank
  • BFIS News
  • 2026 Jan 06 11:51
सिद्धार्थ बैंकको ‘एस.बि.एल. डिबेन्चर २०८२’ पुसमै परिपक्व हुँदै, बैंकको लाभांश क्षमता बढ्ने
National Life

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले निष्कासन गरेको ‘एस.बि.एल. डिबेन्चर २०८२’ नामक ऋणपत्र यही पुस महिनामा परिपक्व हुने भएको छ। बैंकले उक्त ऋणपत्र परिपक्व हुन लागेको विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचारमार्फत जानकारी गराएको हो।

Shikhar
NIMB

ऋणपत्र परिपक्व भएसँगै बैंकको लाभांश क्षमता चालु आर्थिक वर्षमा थप सुदृढ हुने अपेक्षा गरिएको छ। ऋणपत्रका लागि बैंकले गरेको प्रोभिजनिङ फुकुवा हुने भएकाले सो रकमबाट लाभांश वितरण गर्न बैंकलाई सहज हुने देखिन्छ।

बैंकले नेप्सेलाई पठाएको पत्रअनुसार ७ वर्ष अवधिको यो ऋणपत्र २०८२ पुस २६ गतेपछि परिपक्व हुनेछ। प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित मूल्य रहेको यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर तोकिएको छ।

सिद्धार्थ बैंकले कुल २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेकोमा २१ लाख ६२ हजार ५५९ कित्ता ऋणपत्र २०७५ पुस २७ गते बाँडफाँट गरिएको थियो। उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्ज र बैंकबीच २०७५ फागुन २६ गते सम्पन्न सम्झौता अनुसार नेप्सेमा सूचीकरण गरिएको थियो।

ऋणपत्र परिपक्व हुन लागेकाले सूचीकरण सम्झौता बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन बैंकले नेप्सेलाई अनुरोध गरेको छ। ऋणपत्र परिपक्व भएपछि लगानीकर्ताहरूले नियमानुसार आफ्नो सावाँ तथा बाँकी ब्याज रकम फिर्ता पाउनेछन्। सामान्यतया ऋणपत्र परिपक्व हुनुभन्दा केही समयअघि नै यसको दोस्रो बजारमा कारोबार रोक्का हुने प्रचलन रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया