एकिकरणपछि सुदृढ बन्दै सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स: प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेको विचार
- शिवनाथ पाण्डे
- 2026 Jan 08 15:18
काठमाडौं। जोखिम बहन गर्ने क्षमताको अभिवृद्धि गर्ने पूँजीगत आधार सुदृढ गर्ने, वीमा व्यवसायलाई भरपदों, विश्वासीलो पारदर्शी रुपमा सञ्चालन गरि बीमितहरुलाई कम लागतमा उत्कृष्ट सेवा प्रदान गरि वीमा बजारमा एक विशिष्ट पहिचान कायम गर्ने उद्देश्य लिई नेपालको वीमा क्षेत्रमा छुट्टै पहिचान कायम गर्न सफल साविकका सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिई सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोवार गरेको पनि करीब तीन वर्ष हुन लागेको छ। यो अवधी भित्र कम्पनीको सञ्चालनका लागि आवश्यक पर्ने निति नियमको निर्माण, तोकिएको चुक्ता पूँजी कायम गरिएको, कम्पनी सञ्चालन गर्ने प्रणालीको विकास गरिएको, मानव पूँजीलाई कम्पनीको सर्वाङ्गीन विकास तथा प्रगति प्रति समाहित गरिएको, तोकिएकै समयावधी भित्र वार्षिक साधारण सभा गरिएको, साथै कम्पनीले पहिलो पटक पौष मसान्तभित्र वार्षिक साधारण सभा आव्हान गर्न सफल भएको आदरणीय शेयरधनी महानुभावहरुलाई जानकारी गराउन चाहन्छु ।
मर्जरमा आएका चुनौतिहरुलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई एक सबल, सक्षम कम्पनीको रुपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा सभा समक्ष अनुरोध गर्दछु । यस कालखण्डमा देशको आर्थिक गतिविधीमा आएको आर्थिक मन्दी, लगानीको व्याजदर प्रतिफलमा आएको संगिन गिरावट, लगानीकर्तामा लगानी प्रतिको नैराश्यता, कर्जा मागमा आएको द्वास, घट्दो क्रयशक्ती आदीको प्रत्यक्ष र परोक्ष असरबाट बीमा व्यवसाय पनि अछुतो रहन सक्ने भएन । यस्तो विषम परिस्थिती तथा कम्पनी मर्जरको अवस्थाबाट गुज्रीरहेको समयमा पनि कम्पनीले जीवन बीमा बजारमा सम्मानजनक स्थान हासिल गर्न र शेयरधनी महानुभावहरुलाई यथोचित लाभांश वितरण गर्न सक्षम भएको व्यहोरा अनुराध गर्न चाहन्छु ।
कम्पनीको आ.व.२०८१।०८२ को वित्तीय विवरण सम्बन्धी केहि प्रमुख सूचकांकहरुको बारेमा जानकारी गराउन अनुमति चाहन्छु । कम्पनीले समिक्षा अवधीमा कुल बीमाशुल्क रु.७,०७७,३३९,५९५।-(अक्षरेपी सात अर्ब सात करोड त्रीहत्तर लाख उन्चालिस हजार पाँच सय पन्चानब्बे) आर्जन गर्न सफल भएको, जुन गत आ.व. को तुलनामा करीव १४.४१ प्रतिशतको वृद्धि हो । जीवन बीमा कोष रु. १९,२१२,२४०,७८५।-(अक्षरेपी उन्नाइस अर्ब एक्काइस करोड बाइस लाख चालिस हजार सात सय पचासी मात्र) रहेको, जुन गत आ.व.को तुलनामा ३५.७७ प्रतिशतको वृद्धि हो र साथै कुल लगानी रु.२१,२५५,५५२,९३८१-(अक्षरेपी एक्काइस अर्व पच्चिस करोड पचपन्न लाख बाउन्न हजार नौ सय अठ्तीस मात्र) रहेको जुन गत वर्षको तुलनामा १५.३४ प्रतिशतले वृद्धि भएको व्यहोरा यस गरीमामय सभा समक्ष अवगत गराउन चाहन्छु ।
कम्पनीको मुख्य आर्थिक सूचकांकहरु सबै सकरात्मक रहेका छन् । कम्पनीको चुक्ता पूँजी रु.५,०१,४९,२४,०५६।- (अक्षरेपी पाँच अर्ब एक करोड उन्पचास लाख चौबीस हजार छपन्न मात्र) कायम भै नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी समेत कायम भएको छ। आ.व.२०८१।०८२ को संचित मुनाफाबाट नगद लाभाशं १०.१७८० प्रतिशत (कर सहित) वितरण गर्ने प्रस्ताव यस सभा समक्ष राख्न सफल भएका छौं ।
आ.व. २०८२।०८३ को आश्विन सम्ममा कम्पनीको जीवन बीमा कोष रु.२०.८८ अर्व (अक्षरेपी रु. बीस अर्ब अठासी करोड) रहेको छ जुन गत वर्षको सोहि अवधीको तुलनामा २९.९४ प्रतिशतको वृद्धि हो, कुल लगानी रु.२३.७६ अर्ब (अक्षरेपी तेइस अर्थ छयहत्तर करोड ) रहेको छ जुन गत वर्षको सोहि अवधीको तुलनामा २१.१५ प्रतिशतले वृद्धि भएको, नाफा रु. १४.९६ करोड (अक्षरेपी चौध करोड छयानब्बे लाख) रहेको छ जुन गत आ.व.को सोहि अवधीको तुलनामा १२.५३ प्रतिशतले वृद्धि भएको, प्रथम बीमाशुल्क रु.४७.३३ (अक्षरेपी सत्चालिस करोड तेत्तीस लाख मात्र) संकलन भएको, जुन गत आ.व. को सोहि अवधीको तुलनामा २३.४२ प्रतिशतको वृद्धि रहेको, नविकरण बीमाशुल्क रु.१.३७ (अक्षरेपी एक अर्व सैतीस मात्र) संकलन भै गत आ.व.को सोहि अवधीको तुलनामा १६.२१ प्रतिशतले वृद्धि भएको र कुल बीमाशुल्क रु.१.८५ (अक्षरेपी एक अर्व पचासी करोड मात्र) संकलन भै गत आ.व को सोहि अवधीको तुलनामा १७.९८ प्रतिशतले वृद्धि भएको छ ।
एवम् प्रकारले आ.व. २०८१/०८२ विमानीय मुल्याङ्कन प्रतिवेदन अनुसार बिमितहरुलाई प्रदान गरिने बोनसको दर यस्तो विषम परिस्थितीमा पनि स्थीर कायम गर्दै केहि योजनाहरुमा वृद्धि भएको र कम्पनीको सोल्भेन्सी मार्जिन पनि गत वर्षको तुलनामा ११% प्रतिशतको वृद्धि भै १५७.२० प्रतिशत कायम रहेको छ जुन गत वर्ष १४६.२० प्रतिशत रहेको थियो । कम्पनीले कायम गर्न पर्ने नियामकिय निकायले तोकेको सोल्भेन्सी मार्जिन १३० प्रतिशत रहेकोमा कुल बीमालेख बापत तिर्नुपर्ने दायित्व तथा अन्य दायित्व भन्दा कुल सम्पत्ति १.५७२० गुणाले बढी रहेको छ । आन्तरीक नियन्त्रण प्रणाली मजबुत हुनु, प्रणालीको विकास हुनु, संस्थागत सुशासन, पारदर्शी कारोबार, ग्राहकमुखी सेवा, मितव्ययी खर्च प्रणाली, उच्च प्रविधीको अवलम्बन तथा प्रयोग आदी को आधारमा कम्पनीका सबै आर्थिक सूचकांकहरु सकरात्मक रहेको हुँदा कम्पनीको वित्तीय स्वास्थ्य राम्रो रहेको व्यहोरा समेत अनुरोध गर्न चाहन्छु ।
संस्थागत सुशासन, प्रणालीको विकास, ग्राहकमुखी सेवा, अभिकर्तामैत्री उत्प्रेरणात्मक कार्यक्रम, शाखा संजालको विस्तार, सूचना प्रविधीको प्रयोग, मजबुत आन्तरीक नियन्त्रण प्रणाली, खर्चमा मितव्ययीता, कर्मचारीहरुको उच्च मनोबल, बीमितहरुको विश्वास तथा अभिकर्ताहरुको उत्प्रेरणादायी सहयोग, सञ्चालक समितिको अभिभावकिय भुमिकाका साथै मार्गनिर्देशनका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको व्यहोरा अनुरोध गर्दछु। एक आपसमा गाभिए पश्चात सबल, सुदृढ रुपमा व्यवसायिक यात्रा अघि बढाइ रहेको यस कम्पनीले चालु आ.व. मा पनि व्यवसायमा थप वृद्धि गरेको सम्पूर्णमा विदितै छ ।
कम्पनीले संस्थागत सुशासन, व्यवसायिक मुल्य मान्यतालाई आत्मसात गर्नुका साथै ऐन, नियम तथा नियमनकारी निकायहरुवाट जारी निर्देशिका, मार्गदर्शन तथा प्रचलित कानूनको पूर्णरुपमा पालना गरी व्यवसायिक लक्ष्य प्राप्ती तर्फ निरन्तर अग्रसर रहेको छ । कम्पनीको व्यवस्थापन प्रति विश्वास राखि कम्पनीको प्रगतीमा सहयोग गर्ने सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका शेयरधनी महानुभाव, सञ्चालक समितिका पदाधिकारीज्यूहरु, नियमनकारी निकाय, संस्थागत साझेदार, अभिकर्ता, वीमित तथा सञ्चारकर्मी लगायत कर्मचारीहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
अन्तमा, कम्पनीको यस नवौं वार्षिक साधारण सभामा पाल्नु भएका सम्पूर्ण महानुभावहरुलाई अभिनन्दन गर्दै कम्पनीको प्रगतिमा यहाँहरुको निरन्तर साथ, सहयोग तथा योगदानको अपेक्षा गर्दछु ।
(प्रस्तुत विचार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नवौ वार्षिक साधारणसभामा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्रस्तुत गर्नु भएको मन्तव्यका आधारमा तयार पारिएको हो।)
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)








.jpeg)









प्रतिक्रिया