NIMB Header 2
Nepal Life

समयमा साधारण सभा नगर्ने बीमा कम्पनी घट्दै, नियामकको कडाइको असर

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 09 13:27
समयमा साधारण सभा नगर्ने बीमा कम्पनी घट्दै, नियामकको कडाइको असर
National Life

काठमाडौं। चालु आर्थिक वर्षमा नेपाल बीमा प्राधिकरणको कडाइसँगै समयमा साधारण सभा नगर्ने बीमा कम्पनीको संख्या उल्लेख्य रूपमा घट्दै गएको छ।

Shikhar
NIMB

अघिल्लो वर्षसम्म अधिकांश बीमा कम्पनीले तोकिएको समयसीमाभित्र साधारण सभा नगर्ने अवस्था रहे पनि यस वर्ष उल्लेख्य सुधार देखिएको छ।

जीवन बीमातर्फ नेसनल लाइफ इन्स्योरेन्सले ४ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गरेको छ। त्यसैगरी, रिलायबल नेपाल लाइफले १२ प्रतिशत नगद, सूर्यज्योति लाइफ इन्स्योरेन्सले १३ प्रतिशत नगद, आईएमई लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत नगद तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १०.१८ प्रतिशत नगद लाभांश बाँडेको छ।

तर चालु आवमा पनि केही जीवन बीमा कम्पनीले तोकिएको समयमा साधारण सभा नगरेका छन्। यस्ता कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन्। सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले भने लामो समयदेखि साधारण सभा गर्न सकेको छैन। मेटा लाइफ इन्स्योरेन्स विदेशी कम्पनीको शाखाका रूपमा मात्र नेपालमा सञ्चालनमा रहेकाले यसको साधारण सभासम्बन्धी विवरण उपलब्ध छैन।

यता निर्जीवन बीमातर्फ ७ वटा कम्पनीले पुस मसान्तभित्रै साधारण सभा गर्ने गरी सूचना सार्वजनिक गरेका छन्। हालसम्म आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको मात्रै साधारण सभा सम्पन्न भएको छ। कम्पनीले शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ।

लाभांश घोषणाको आधारमा निर्जीवन बीमा कम्पनीमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी २५ प्रतिशत लाभांश घोषणा गरेको छ। शिखर इन्स्योरेन्सले ६ प्रतिशत बोनस र ०.३२ प्रतिशत नगद गरी कुल ६.३२ प्रतिशत लाभांश दिएको छ भने नेपाल इन्स्योरेन्सले ६.३२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत नगद, एनएलजी इन्स्योरेन्सले ४ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी ७ प्रतिशत लाभांश घोषणा गरेको छ। साधारण सभा आह्वान गरेका निर्जीवन बीमा कम्पनीमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले भने लाभांश घोषणा गरेको छैन।

अझै साधारण सभाको मिति घोषणा नगरेका निर्जीवन बीमा कम्पनीमा राष्ट्रिय बीमा कम्पनीसहित नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स रहेका छन्। यद्यपि, हिमालयन एभरेष्ट इन्स्योरेन्सले साधारण सभाको मिति तोकेको छैन तर ८ प्रतिशत नगद लाभांश घोषणा गरिसकेको छ।

दी ओरियन्टल इन्स्योरेन्स र नेसनल इन्स्योरेन्स विदेशी कम्पनीको शाखाका रूपमा मात्र सञ्चालनमा रहेकाले तिनको साधारण सभासम्बन्धी विवरण उपलब्ध छैन। यसैगरी, नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स पनि समयमा साधारण सभा नगर्ने कम्पनीको सूचीमा परेका छन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया