NIMB Header 2
Nepal Life

पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स

National Life
  • BFIS News
  • 2026 Jan 09 15:35
पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स
Sanima Reliance

काठमाडौं। चालु आवको पहिलो पाँच महिनामा वैदेशिक रोजगारबाट भित्रिएको रेमिट्यान्स ८ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ।

Shikhar
NIMB

मंसिर महिनामा मात्र गत वर्षको सोही महिनाको तुलनामा रेमिट्यान्स ३५.६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

देशमा रोजगारको अवसरको कमीका कारण धेरै युवा वैदेशिक रोजगारीको खोजीमा विदेश गएका छन्, जसको प्रभाव स्वरूप रेमिट्यान्स रकम प्रत्येक महिना वृद्धि हुँदै गएको छ। २०८२ मंसिर महिनामा मात्र १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्ष मंसिर महिनामा यो रकम १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ थियो।

चालु आवको पाँच महिनामा भित्रिएको कुल रेमिट्यान्स डलरमा ६ अर्ब १६ करोड अमेरिकी डलर पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यसै अवधिमा डलर रेमिट्यान्समा वृद्धि मात्र ३.४ प्रतिशत थियो।

यसै अवधिमा खुद ट्रान्सफरमार्फत भित्रिएको रकम ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७ खर्ब ४३ करोड रुपैयाँभन्दा उल्लेखनीय रूपमा बढी हो।

मंसिरसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको तथ्यांकले देखाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया