छोराको जन्मदिनमा आमाले दिइन सानिमा रिलायन्सको ‘मेरो मुटु’ बाल जीवन बीमा उपहार
- BFIS News
- 2026 Jan 11 13:30
काठमाडौं। छोराको जन्मदिनलाई स्मरणीय बनाउँदै चितवन रत्ननगरकी रामकला क्षेत्रीले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ‘मेरो मुटु’ बाल जीवन बीमा योजना उपहार दिएकी छन्। छोराको भविष्य सुरक्षित बनाउने उद्देश्यका साथ उनले बाल जीवन बीमा पोलिसी लिएको बताएकी हुन्।
रामकलाले छोरा सम्य क्षेत्रीको उच्च शिक्षा र दीर्घकालीन आवश्यकतालाई सहज बनाउने लक्ष्यसहित बीमा गरिदिएको जानकारी दिइन्। आगामी दिनमा जेठो छोराको पनि बीमा गरिदिने उनको योजना छ।
बीमा सम्बन्धी सम्पूर्ण जानकारी सानिमा रिलायन्स लाइफकी वरिष्ठ एजेन्सी म्यानेजर ममता मिश्रले प्रदान गरेकी हुन्। शिक्षण पेशामा संलग्न मिश्रको परामर्शपछि बीमाको महत्व बुझेर बीमा पोलिसी लिएको रामकलाले बताइन्। उनका श्रीमान् दीप बहादुर क्षेत्री काठमाडौंमा कार्यरत छन्।
सानिमा रिलायन्स लाइफको ‘मेरो मुटु’ बाल जीवन बीमा योजनाले बालबालिकाको भविष्य सुनिश्चित गर्ने लक्ष्य राखेको छ। कम्पनीका अनुसार यस योजनाअन्तर्गत एक महिनाको उमेरदेखि नै बालबालिकाको बीमा गर्न सकिने सुविधा उपलब्ध छ। बचत र सुरक्षा दुवैलाई समेटिएको यस बीमालेखले बालबालिकाको उच्च शिक्षा, आकस्मिक खर्च तथा दीर्घकालीन योजनालाई सुरक्षित गर्न सहयोग पुर्याउने मिश्रले बताइन्।
उनका अनुसार सानै उमेरमा बीमा गर्दा भविष्यमा उल्लेख्य लाभ लिन सकिन्छ। न्यून बीमा शुल्कमै दीर्घकालीन प्रतिफल प्राप्त हुने र अनुशासित बचतको सुनिश्चितता हुने भएकाले यो योजना प्रभावकारी रहेको उनको विश्लेषण छ।
‘जीवन बीमा आजै, अहिल्यै’ भन्ने सोचअनुरूप समयमै बीमालेख लिएर आफ्ना बालबालिकाको भविष्य सुरक्षित गर्न सकिने कम्पनीले सन्देश दिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया