NIMB Header 2
Nepal Life

राजनीतिक आर्थिक चुनौतीबीच नबिल बैंकको व्यवसाय विस्तार, डिजिटल र दिगो बैंकिङमा जोड : सीईओ ज्ञवाली

National Life
  • BFIS News
  • 2026 Jan 12 15:02
राजनीतिक आर्थिक चुनौतीबीच नबिल बैंकको व्यवसाय विस्तार, डिजिटल र दिगो बैंकिङमा जोड : सीईओ ज्ञवाली
Sanima Reliance

काठमाडौं। नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले आन्तरिक तथा बाह्य राजनीतिक आर्थिक चुनौती र बजार मागमा आएको संकुचनका बाबजुद बैंकले आर्थिक वर्ष २०८१/८२ मा व्यवसाय वृद्धि गर्न सफल भएको बताएका छन्।

Shikhar
NIMB

बैंकको ४१ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सीईओ ज्ञवालीले चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै व्यावसायिक विविधीकरण र अत्याधुनिक डिजिटल प्रविधिको प्रभावकारी उपयोगमार्फत नबिल बैंकलाई सवल, प्रतिस्पर्धी र आधुनिक वाणिज्य बैंकको रूपमा स्थापित गर्न सफल भएको उल्लेख गरे। उनले आगामी दिनमा पनि ग्राहकका वित्तीय आवश्यकता पूरा गर्दै शेयरधनी तथा सबै सरोकारवालाका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यप्रति नेपालको प्रतिबद्धतालाई सहयोग गर्ने उद्देश्यले नबिल दिगो बैंकिङ अभ्यासलाई निरन्तरता दिँदै आएको जानकारी दिए। वातावरणीय, सामाजिक तथा सुशासन (ESG) प्रभावलाई सम्बोधन गर्दै लक्षित वर्गका लागि वातावरणमैत्री सेवा सुविधा विस्तार गरी सन्तुलित आर्थिक विकासमा बैंकले भूमिका खेल्दै आएको उनले बताए।

सीईओ ज्ञवालीका अनुसार सञ्चालक समितिको रणनीतिक योजना र दूरदर्शी मार्गनिर्देशनले प्रचलित ऐन–कानुन, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायका निर्देशनको पूर्ण पालना गर्दै नबिल बैंकलाई ‘पूर्ण वित्तीय समाधानको पहिलो रोजाइ’को रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिएको छ। चुनौतीपूर्ण परिस्थितिमा समेत कर्मचारी र सरोकारवालाको निरन्तर सहयोगले बैंकलाई विश्वसनीय र उत्कृष्ट संस्थाको रूपमा अगाडि बढाउन सहयोग पुगेको उनले बताए।

उनले अधिक तरलता व्यवस्थापन, सुम्चिँदो ब्याजदर अन्तर, बढ्दो प्रतिस्पर्धा, प्रविधिसँगै आउने जोखिम तथा निष्क्रिय कर्जाका कारण सम्पत्तिको गुणस्तर सुधार जस्ता चुनौती अझै कायम रहेको उल्लेख गरे। यद्यपि, ती चुनौतीलाई व्यवस्थापन गर्दै दीर्घकालीन रूपमा सबल बैंक बनाउने दिशामा बैंक अघि बढिरहेको उनले स्पष्ट पारे।

चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविनोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गरेको जानकारी दिँदै सीईओ ज्ञवालीले नेपाल धितोपत्र बोर्डबाट यस्तो पूँजी उपकरण जारी गर्ने स्वीकृति पहिलोपटक नबिल बैंकले प्राप्त गरेको बताए। यसले बैंकको जोखिम वहन क्षमता थप मजबुत बनाउँदै व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैंकको ४१ वर्षे यात्रामा नियमनकारी निकाय, शेयरधनी, ग्राहक तथा कर्मचारीको निरन्तर सहयोग, योगदान र सद्भावप्रति उनले हार्दिक आभार व्यक्त गरे। नबिल बैंक उत्कृष्टता, नवप्रवर्तन र दिगोपनको यात्रामा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया