NIMB Header 2
Nepal Life

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सम्पन्न, गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 15 10:33
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सम्पन्न, गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन
National Life

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति सर्वसम्मत रूपमा चयन गर्दै समापन भएको छ ।

Shikhar
NIMB

तत्कालीन सभापति शेरबहादुर देउवा पक्षसँगको विवादका बीच सम्पन्न विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्दै नयाँ कार्यसमिति गठन गरेको हो । महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।

सहमहामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी तथा पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन् । खुला सदस्यहरूमा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देव प्रसाद तिमिल्सिना, अजय बाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाई, डा. केदार नरसिंह के.सी., विदुर बस्नेत, तीर्थ जंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह रहेका छन् ।

महिला खुलातर्फ चम्पा देवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउद ऐरी र दिल कुमारी राई चयन भएका छन् ।

प्रदेशगत संरचनाअनुसार कोशी प्रदेशबाट महिला सदस्यमा सारदा देवी कोइराला तथा खुलामा हिमालय कर्माचार्य र अग्नी पौडेल चयन भएका छन् । मधेश प्रदेशबाट महिला सदस्यमा मधु शाही र खुलामा रामानन्द यादव तथा बजरंग नेपाली चयन भएका छन् । बागमती प्रदेशबाट महिला सदस्यमा उमा दाहाल तथा खुलामा जितनारायण श्रेष्ठ र रमेश धमाला चयन भएका छन् ।

गण्डकी प्रदेशबाट महिला सदस्यमा विष्णु देवी पाण्डे तथा खुलामा रेशम बानियाँ र कृष्ण के.सी. चयन भएका छन् । लुम्बिनी प्रदेशबाट महिला सदस्यमा पवित्रा कुमारी अर्याल तथा खुलामा केशव आचार्य र रामबहादुर कार्की छन् । कर्णाली प्रदेशबाट महिला सदस्यमा रामदेवी खड्का तथा खुलामा दिक्पाल शाही र नारायण भट्टराई चयन भएका छन् । सुदूरपश्चिम प्रदेशबाट महिला सदस्यमा निपा चोख्याल तथा खुलामा हिमबहादुर रावल र नरेन्द्र प्रसाद भट्ट चयन भएका छन् ।

अपाङ्गता भएका व्यक्तिको खुला कोटाबाट प्रकाश पन्थ र अल्पसंख्यक कोटाबाट शिवनारायण सिंह गनगाई केन्द्रीय सदस्य बनेका छन् । दलित महिला कोटाबाट सिता मिजार, छायाँ सुनार, गंगा सुनार र लिला नेपाली चयन भएका छन् भने दलित खुलाबाट मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य बी.के. र दिनेश सुनार चयन भएका छन् ।

आदिवासी जनजाति महिलातर्फ सपनाराज भण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ, कुशुमदेवी थापामगर, लिलादेवी बोखिम लिम्बु, डा. अमिता प्रधान र छीन्दुल्होमु शेर्पा चयन भएका छन् । आदिवासी जनजाति खुलातर्फ तारामान गुरुङ, अस्तकुमार कबे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भिम श्रिष, नरेन्द्र केरुङ र दिपन श्रेष्ठ चयन भएका छन् ।

खसआर्य महिला कोटाबाट उमा सिवाकोटी, बाला अधिकारी, मुना भुसाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री चयन भएका छन् । खसआर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदीश चन्द्र उपाध्याय, विष्णु कुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुसाल चयन भएका छन् ।

मधेशी महिला कोटाबाट अञ्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी र निलम साह चयन भएका छन् भने मधेशी खुलाबाट राम पल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिल कुमार यादव र रामरुप प्रसाद चयन भएका छन् । मुस्लिम महिला कोटाबाट सनम वेगम तथा मुस्लिम खुलाबाट अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार चयन भएका छन् ।

थारु महिलातर्फ नवोदिता चौधरी र सुनिता राना तथा थारु खुलातर्फ सुरेन्द्र प्रसाद चौधरी र गोपाल दहित केन्द्रीय सदस्य बनेका छन् । त्यस्तै, पिछडिएको क्षेत्र खुलातर्फ दिपक जंग शाह चयन भएका छन् ।

विशेष महाधिवेशनले समावेशी संरचनासहित नयाँ नेतृत्व चयन गर्दै पार्टीलाई नयाँ दिशामा अघि बढाउने सन्देश दिएको कांग्रेसले जनाएको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया