NIMB Header 2
Nepal Life

मर्जर पछिको चुनौती र नियामकीय दबाबले लाभांशमा ढिलाइ : अध्यक्ष पाँडे

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 18 06:04
मर्जर पछिको चुनौती र नियामकीय दबाबले लाभांशमा ढिलाइ : अध्यक्ष पाँडे
National Life

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले राष्ट्र बैंकको निरीक्षण प्रक्रिया, मर्जरपछिका चुनौती र देशको राजनीतिक अस्थिरताका कारण बैंकको साधारण सभा तथा लाभांश घोषणामा ढिलाइ भएको स्पष्ट पारेका छन्।

Shikhar
NIMB

बैंकको साधारण सभामा सेयरधनीहरूलाई सम्बोधन गर्दै अध्यक्ष पाँडेले राष्ट्र बैंकको निरीक्षण (इन्स्पेक्सन) सधैं बैंकको फर्स्ट क्वार्टरमै पर्ने भएकाले ‘अनगोइङ इन्स्पेक्सन’ को अवस्था सिर्जना हुने र त्यसले निर्णय प्रक्रियामा ढिलाइ गरिरहेको बताए। “अरू बैंकहरूको पालैपालो सेकेन्ड वा थर्ड क्वार्टरमा निरीक्षण हुन्छ, तर हाम्रो चाहिँ सधैं फर्स्ट क्वार्टरमै आउँछ,” उनले भने।

मर्जरपछि बैंकले झनै बढी चुनौती भोग्नुपरेको अध्यक्ष पाँडेको भनाइ छ। खराब कर्जा (एनपीएल) असुलीमा समस्या रहेको उल्लेख गर्दै उनले हरेक बैंकमा समस्या भए पनि मर्ज भएको बैंकमा ती समस्या बढी देखिने बताए। सेयरधनीबाट आलोचना हुनु स्वाभाविक भएको बताउँदै उनले आफू स्वयं पनि लाभांश नपाउँदा घरमै आलोचना सहनु परेको अनुभव सुनाए। उनले मर्जरका क्रममा राष्ट्र बैंकले दिएको दवावलाई माइक्रोम्यानेजमेन्ट गरेको भन्दै बैंकहरु इच्छा विपरित दवावमा मर्जर गर्न बाध्य भएको उल्लेख गरे। मर्जर पछि नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश खवाउन नसक्दा शेयरधनीले आक्रोश पोख्दै आइरहेका छन्। 

“म र मेरो परिवार सायद यो बैंकको सबैभन्दा ठूलो सेयरधनी हौं। तपाईंहरूको मात्र होइन, हाम्रो पनि लगानी छ,” उनले भने, “बैंकले लाभांश नदिँदा सेयरधनीले गाली गर्नु स्वाभाविक हो।”

अध्यक्ष पाँडेले देशको राजनीतिक अस्थिरताले अर्थतन्त्रमा गहिरो असर पारेको बताए। चुनावी माहोल, स्थिर सरकारको अभाव र ऋण तिर्न नखोज्ने मानसिकताले बैंकिङ क्षेत्र प्रभावित भएको उनको भनाइ थियो। “जहाँ स्थिरता हुँदैन, त्यहाँ भ्रष्टाचार बढ्छ र एसेटहरू कानुनी झमेलामा फस्छन्,” उनले थपे।

राष्ट्र बैंकप्रति सम्मान व्यक्त गर्दै उनले केन्द्रीय बैंक बिस्तारै ‘माइक्रो म्यानेजमेन्ट’ तर्फ गएको धारणा राखे। स्प्रेड दर घटाइँदा बैंकको आम्दानी संकुचित भएको, खर्च बढ्दो रहेको र कर्मचारी तथा युनियनको दबाब पनि थपिएको उनले बताए।

अध्यक्ष पाँडेका अनुसार बैंक घाटामा भने छैन, नाफामै छ। तर अधिकांश नाफा विभिन्न रिजर्भ, प्रावधान र करमा गएको छ। “ट्याक्सले मात्रै १–२ अर्ब रुपैयाँ तानेको छ,” उनले भने। डिबेन्चर रिडेम्पसनबाट भविष्यमा लाभांश दिन सकिने सम्भावना रहेको उल्लेख गर्दै उनले “सुरुङको अन्त्यमा प्रकाश देखिएको” बताए।

आगामी वर्षमा बोनस सेयर र लाभांश दिने प्रतिबद्धता जनाउँदै अध्यक्ष पाँडेले सेयरधनीहरूलाई धैर्य गर्न आग्रह गरे। साथै, बैंकलाई दीगो रूपमा मजबुत बनाउनेतर्फ सबैले ध्यान दिनुपर्नेमा उनले जोड दिए।

सीईओको तलब, डाइरेक्टरको उमेर हद र सीएसआर खर्चका विषयमा उठेका प्रश्नमा पनि उनले स्पष्टिकरण दिएका थिए। “सानातिना कुरामा होइन, बैंकलाई कसरी राम्रो बनाउने भन्नेमा लागौं।” 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया