मध्यपूर्वको परिस्थिति कारण त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित
- BFIS News
- 2026 Mar 04 17:16
काठमाडौँ, फागुन २० गते । नेपाल क्रिकेट सङ्घ ले ICC Cricket World Cup League 2 अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको जनाएको छ ।
मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका लागि स्थगित गरिएको क्यानले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालय मैदान मा आयोजना गरिने भनिएको उक्त प्रतियोगिता फागुन २६ देखि चैत ६ गतेसम्म सञ्चालन हुने तालिका थियो ।
उक्त सिरिजमा नेपाल, संयुक्त अरब इमिरेट्स र ओमान सहभागी थिए । स्थगित खेलको नयाँ मिति आवश्यक परामर्शपछि छिट्टै सार्वजनिक गरिने छुम्बी लामा ले जानकारी दिनुभयो । परिस्थितिको मूल्याङ्कन गरी खेल तालिका पुनःनिर्धारण गरिने उहाँले बताउनुभयो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया