NIMB Header 2
Nepal Life

सामुदायिक लघुवित्तद्धारा अर्ध वार्षिक समिक्षा गोष्ठी सम्पन्न, भाखा नाघेको कर्जा असुली सम्बन्धी प्रशिक्षण प्रदान

National Life
  • BFIS News
  • 2026 Feb 01 13:08
सामुदायिक लघुवित्तद्धारा अर्ध वार्षिक समिक्षा गोष्ठी सम्पन्न, भाखा नाघेको कर्जा असुली सम्बन्धी प्रशिक्षण प्रदान
Sanima Reliance

काठमाण्डौं । नेपाल राष्ट्र बैंकद्धारा घ वर्गको ईजाजतपत्र प्राप्त सामुदायिक लघुवित्त संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो अर्ध–वार्षिक समीक्षा गोष्ठी तथा भाखा नाघेको कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालयको आयोजनामा काभ्रेको बनेपामा रहेको उग्रचण्डी होटलमा मिति २०८२ माघ १५ गतेमा सुरु भएको कार्यक्रम माघ १७ मा सम्पन्न भएको हो ।

Shikhar
NIMB

३ दिन सम्पन्न भएको भएको अर्ध वार्षिक समीक्षा तथा भाखा नाघेको कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रममा संस्थाको ४४ वटै शाखाको शाखा कार्यालय प्रमुख तथा १० वटा क्षेत्रको क्षेत्रीय प्रमुखहरुले आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रमको प्रगतीको समीक्षा गरेका थिए। आगामी ६ महिनाको लागि रणनितीक योजना तय गर्ने काम भएको थियो। 

प्रस्तुतीकरण गर्ने समयमा शाखा कार्यालय सञ्चालनको क्रममा आएको समस्या राखिएका थिए भने भने सो समस्याहरु उपर वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत दिलीप कुमार पोखरेल र नायव प्रमुख कार्यकारी अधिकृत बेलुमाया मगरले आवश्यक मार्ग दर्शन गरेका थिए। 

कार्यक्रमको दोस्रो सत्रमा कर्जा असुली विभागले भाखा नाघेको कर्जा असुलीको सम्बन्धी तालिम प्रदान गरीएको थियो । कर्जा असुली विभागको विभागीय प्रमुख ललित कुमार रालव तथा नारायण अधिकारीले कर्जा भाखा नाघ्नुको कारण तथा असुली व्यवस्थापन सम्बन्धमा आउने समस्या र समाधानको रणीनीतिक योजना सम्बन्धी तालिम प्रदान गरीएको थियो ।

३ दिनको अर्ध–वार्षिक समिक्षा गोष्ठी तथा भाखा नाघेको कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रममा ४४ वटा शाखा कार्यालयका शाखा प्रमुख, १० वटा क्षेत्रीय कार्यालय क्षेत्रीय कार्यालय प्रमुख र केन्द्रीय कार्यालयको विभाग प्रमुखहरु गरी ७५ जनाको उपस्थिती रहेको थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया