Nepal Life

सूर्योदय वोमी लघुवित्तको बट्टार शाखाद्धारा वित्तीय साक्षरता तथा झोल सावुन बनाउने तालिम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2026 Mar 24 15:14
सूर्योदय वोमी लघुवित्तको बट्टार शाखाद्धारा वित्तीय साक्षरता तथा झोल सावुन बनाउने तालिम सम्पन्न
National Life

काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बट्टार, नुवाकोट अन्तर्गतको केन्द्र÷समूहमा आवद्ध सदस्यहरुको मिति २०८२।१२।०९ गते सोमवार नुवाकोट जिल्लाको तार्केश्वर गाउँपालिका ०१, दाङसिङमा १ दिवसिय वित्तीय साक्षरता तथा झोल सावुन बनाउने तालिम सम्पन्न भएको छ ।

Shikhar
NIMB

शाखामा आबद्ध भई प्रत्यक्ष रुपमा कारोबार गरेका ९० जना सदस्यहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । संस्थाले विभिन्न शाखा कार्यालयहरुमा यस्ता किसिमका आयमुलक र उत्पादनमूलक तालिम समेत गर्दै आइरहेको छ । शाखामा कार्यरत कर्मचारी दिपेश परियारले कार्यक्रमको सहजिकरण गरेका थिए भने कार्यक्रममा कर्पोरेट कार्यालयका भरत काफ्ले, बट्टार शाखाका शाखा प्रमुख शुसिल कुमार श्रेष्ठ लगायत शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन तार्केश्वर गा.पा. वडा नं. ०१ का अध्यक्ष चक्र वहादूर तामाङ्गले गरेका थिए ।  कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै सदस्यहरुको जिवनस्तर उकास्नको लागि विभिन्न उत्पादनमुखि तालिम, वित्तीय साक्षरता लगायत सदस्यमैत्री तालिमहरु सञ्चालन गर्न र संस्थालाई स्थानिय निकायसंग समन्वय गरी कार्यक्रम थप विस्तारमा समेत साथ सहयोग गर्ने प्रतिबद्धता समेत गरेका थियो ।

संस्थामा कार्यरत भरत काफ्लेले संस्थाको परिचय, संस्थाले प्रदान गर्दै आएको सेवा सूविधा, वित्तीय ज्ञान, सीप र मनोबृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिबृद्धिका माध्यमले विवेकशिल वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्ने उदेश्य समेत रहेको बताए ।

कर्पौरेट कार्यालय महालक्ष्मी–०४, ललितपुरमा रहेको वित्तीय संस्थाले विगत १३ वर्षदेखि हाल राष्ट्रियस्तर कार्यक्षेत्र बनाई ५५ जिल्लामा १६७ वटा शाखा कार्यालयको माध्यमबाट करिब १ लाख ९५ हजार सदस्यहरुलाई निरन्तर विपन्न वर्गको उत्थानमा कार्य गर्दे आएको छ भनि संस्थाको जोखिम व्यवस्थापन तथा असुलि विभागमा कार्यरत भरत काफ्लेले जानकारी दिएका थिए ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया