सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा ४ दिने अन्तर्राष्ट्रिय सेल्स तालिको उद्घाटन
- BFIS News
- 2026 Feb 03 11:15
काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अगैया स्थित “स्प्रिंग रिभर साइड रिसोर्ट” मा ४ दिने सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनिङ (SIST) कार्यक्रमको १९ गते औपचारिक उद्घाटन गरेको छ। अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिम १९ गतेदेखि सुरु भएको हो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक तथा प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। यस्ता तालिमहरूले संस्थागत क्षमता वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।
उद्घाटन कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजन प्रमुख दिपेन्द्र रावत अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। तालिमका क्रममा अभिकर्ताहरूलाई निरन्तर सिकाइ, ग्राहकमैत्री सेवा प्रवाह तथा आधुनिक बीमा अभ्यासको आवश्यकता सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ।
तालिममा अभिकर्तालाई आत्मविश्वासी र दक्ष बनाउने, बिक्री तथा सेवा क्षमतामा वृद्धि गर्ने, पेशालाई प्रोफेसनल, आधुनिक र प्रविधिमैत्री बनाउने, अभिकर्ता पेशालाई सम्मानजनक र व्यवस्थित रूपमा विकास गर्ने तथा बीमासम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने विषयहरू समेटिएका छन्।
चार दिनसम्म (१९ गतेदेखि २२ गतेसम्म) सञ्चालन हुने यस SIST तालिममा प्रमुख प्रशिक्षकका रूपमा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजन प्रमुख दिपेन्द्र रावतको प्रशिक्षण रहनेछ।
यस तालिमले स्थानीय अभिकर्ताहरूलाई बीमा सेवामा अझ प्रभावकारी, जिम्मेवार र परिणाममुखी बन्न प्रेरित गर्ने विश्वास आयोजक सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिएको छ। हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका देशभर १४८ शाखा तथा उपशाखाहरू सञ्चालनमा रहेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया